• २०८१ मङ्सिर २२ गते शनिवार

कर्णाली प्रदेशका १० वटा सामुदायिक विद्यालय नमुनाको लागि छनौट

पढ्न लाग्ने समय : २ मिनेट

असार ३१, सुर्खेत । कर्णाली प्रदेशका १० वटा सामुदायिक विद्यालय नमुनाको लागि छनौट भएका छन् । शिक्षा विकास तथा प्रविधि मन्त्रालयको विद्यालय क्षेत्र विकास याजना (२०७३।७४-०७९।८०) मा मुलुभर १००० वटा नमूना विद्यालय विकास गर्ने उल्लेख भएअनुसार चालु आव मा छनौट हुने जम्मा १०० वटा सामुदायिक विद्यालय मध्ये ६९ जिल्लाका ८४ वटा सामुदायिक विद्यालय मध्ये कर्णालीका १० वटा सामुदायिक विद्यालय छनौट भएका हुन् ।

भने, देशभर १६ वटा विद्यालय असार महिनामै छनौट भइसकेका छन । हालसम्म मुलुकभर जम्मा २२२ विद्यालयहरु छनोट भई गुरुयोजनासहित नमुना विद्यालय बिकासका क्रममा रहेका छन्‌ । स्थानीय तहगत रुपमा छनोट हुने गरी आवेदन दिएका कुल ६९ जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा सञ्चालित विद्यालयहरुको प्रारम्भिक मूल्याङ्कन पछि केन्द्रबाट गरिएको सत्यापनका आधारमा देहायअनुसारका ८४ विद्यालयहरु शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा.मन्त्रीस्तरको मिति असार २७ गतेको निर्णयअनुसार छनोट भएका हुन् ।

साथै सबै स्थानीय तहमा कम्तीमा एक नमुना विद्यालय पर्ने गरी क्रमशः वितरण गरिने कार्यक्रम रहेको हनाले बाँकि स्थानीय तहका विद्यालयहरुले आगामी वर्षका कार्यक्रमको प्रतीक्षा गर्नु तथा यस वर्ष छनोटमा परेका विद्यालयहरुले नमुना विद्यालय विकास एवम्‌ सञ्चालन निर्देशिका, २०७४ (पहिलो संशोधन, २०७५) अनसार आवश्यक तयारी गर्न शाखाले अनुरोध गरेको छ । कर्णाली प्रदेशबाट छनौट हुनेमा सुर्खेतको जीवनज्योती मावि दशरथपुर, दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका हाडाकोटस्थित चामुण्डा मावि, हिमालय मावि चौरजाहरी पश्चिम रुकुम, जनता मावि त्रिवेणी गाउँपालिका सल्यान, जनप्रिय मावि दसेरा जाजरकोट रहेका छन् ।

त्यसैगरी अन्नपुर्ण मावि मुड्केचुला डोल्पा, नेत्रज्योती मावि तातोपानी जुम्ला, बडिमालिका मावि कालिकोट रास्कोट, महादेवमस्टा मावि खत्याड मुगु , मानसरोवर मावि हुम्ला सिमीकोट रहेका छन् । देशभरका ६९ जिल्लाका ८४ सामुदायिक विद्यालयको सुची हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस