• २०८२ जेष्ठ ७ गते मङ्गलवार

बाजुरामा एकाइसौ सताब्दीमा पनी झरो बाल्न बाध्य रहेको भन्दै ध्यानाकर्षण पत्र

पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुनार, बाजुरा

असार १, बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिका वडा नं १ सल्लेनाका स्थानियहरुले गाँउघरमा स्थानिय सरकार आइसके प्रश्चात पनी विधुतको पहुँचबाट टाढा भएर झरो बाल्न बाध्य भएको भन्दै आज जिल्ला प्रशासन कार्यलयमा बाजुरामा ध्यानाकर्षण पत्र बझाएका छन् ।

एक सय सात घरधुरी परिवारले हस्ताक्ष्क्षर गरेको ध्यानाकर्षण पत्र सोही वडा का वडा अध्यक्ष रामबहादुर कार्कीले हस्तान्तरण गर्नु भएको हो । सदरमुकाम मार्तडीको आँगनमा रहेको नगरपालिकामा ३१२९ घरधुरी मध्य उतm वडा नं १ मा १०७ घरधुरी परिवार बत्तीको बहुचबाट टाढा भएर झरो बाल्न बाध्य रहेको वडा अध्यक्ष राम बहादुर कार्कीले बताएका छन् । साविकको गाउविकास समिती , नगरपालिका लगाएतका सरोकारवाला निकायहरुसंग पटक पटक अनुरोध गर्दा पनी आफ्नो मागको सुनुवाई नहुदा जिल्ला प्रशासन कार्यलयमा ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको स्थानियले बताएका छन् ।

नेपाल सरकारको आर्थिक बर्ष २०७१ ७२ को निती कार्यक्रममा उज्यालो नेपाल समृद्ध नेपाल अभियानको प्रारम्भ गरी मुलुकलाई विद्युत संकटयुक्त गरी उज्यालो नेपाल अभियानले पाँच बर्ष पुरा भईसक्दा पनी सल्यानाका स्थानियहरु झरो बालेर बसिरहेका छन् । बेला बेलामा स्थानिय प्रशासन सग विद्युत विस्तारका लागी पहल गर्दा विद्युत पोल विस्तारको ठेक्का गर्ने तर कुनै ठेकादारहरुले पनी लाईन विस्तार कार्य पुरा नगरी भुक्तानी लिएर विचैमा भागी जाने गरेको वडा अध्यक्ष कार्कीले बताउनु भएको छ ।

नागरिक शान्ती , सुरक्षा र आधारभुत आवश्यकताको अभिभावकको रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत आफ्नो गाँउमा उज्यालो देख्न पाउने सपना साकार हृने आशा राखेको पनी स्थानियहरुले बताएका छन् । उतm ध्यानाकर्षण पत्र पेश कार्यक्रममा मा बडिमालिका नगरपालिका नगरउपप्रमुख कविता विष्ट , वडा नं आठका वडा अध्यक्ष प्रकाश रावल त्यहाका स्थानिय लगायतको उपस्थिती रहेको थियो ।

ध्यानाकर्षण पत्र

प्रतिक्रिया दिनुहोस