• २०८० असोज ५ गते शुक्रवार

प्रभावकारी देखियो मल्चिङ्ग प्रणालीको खेती

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम

असार १, इलाम । इलामको रोङ गाउपालिका वडा नं ६ मा रोङ गाउपालिकाको सहयोग र सोसियल इन्फ्याक्चर मेनेजमेन्ट झापाको प्रबिधिक सहयोगमा रम्भ्याङ्गको बरबोटेमा संचालित पाठशालामा केही खुसानीको बिरुवा प्लास्टिकको प्रयोग गरेर र केही बिरुवा प्रयोग नगरि गरिएको खेतीमा अन्तर देखिएपछि किसानहरुमा मल्चिङ्ग प्लास्टिक पद्धती प्रभावकारी देखिएको छ।

“हामीले पाठशालामा प्रयोगमा रुपमा ल्याएका छौ यसको प्रभावकारीता किसानले नै र्हेने हो ” सोसियल इन्फ्याक्चर मेनेजमेन्टका शान्तिराम पोखरेलले बताए । झापामा २०७२ सालमा भित्रिएको यो मल्चिङ्ग प्रणाली इलाममा भने यसैबर्षमात्रै भित्रिएको हो । यता सोही गाउका किसान कुमार पौडेलले त्यसकै सिको गरेर प्लास्टिक प्रयोग गरेर गरिएको अकबरे खुसानीको बगान राम्रो देखिएको कारण किसानहरु यसप्रति मोहित भएका किसान श्याम आर्चयले बताए । झापाको सबै गाउपालिका र नगरपालिकाहरुमा यसको प्रयोग प्रभावकारी रहेकोले इलाममा समेत यसको प्रयोग प्रभापकारी हुने कारिडास नेपालका प्रबिधिक तथा बरबोटे कृषक पाठशालाका प्रबिक्षक टंक प्रसाद कट्टेलले बताए । किसालाइ सजिलो र छरितो प्रणालीका ज्ञान दिन सके कृषिमा सुधारगरि किसानहरुको जीवनस्तर उकास्न सकिने गाउपालिकाले जनाएको छ ।

बिशेष प्रकारको प्लास्टिक जमिनमा बिछ्याएर गरिने मल्चिङ्ग प्रणालीको खेती निक्कै प्रभावकारी देखिएको छ । खेती बालिमा बढी श्रम गरेर कम उत्पादन हुने र लगानी खर्च समेत उठाउन कठिन भइरहेको बेलामा थोरै मेहनत गरेर उचित प्रतिफल लिन सकिने यो प्रणाली प्रति किसानहरु आर्कषित हुन थालेका हुन ।

बालीको छनौट गरि जमिनको तैयारी गरेपछि बिशेष प्रकारको जमिनको तल्लो भागमा कालो रंग र माथिल्लो भागमा हल्का सेतो रंगको प्लास्टिक बिछ्याएर बिरुवा रोप्ने स्थानमा प्वाल बनाएर बिरुवा रोपिने गरेको छ । यसको प्रयोग गर्दा जमिनमा झार नपलाउने भएकोले गोलमेलको लागि श्रम र समयको बचत , बारीमा लगाएको मल रोपेको बिरुवाले मात्रै लिने अनि अनावश्यक झारपात नहुदा बिरुवामा किराको प्रकोप नहुने भएकोले यो पद्धती प्रभावकारी देखिएको हो ।

यो प्रणालीबाट तरकारी खेती बढी प्रभावकारी देखिएको हो । र्खु्सानी , सिमि, टमाटर , रायो ,मुला, काउली ,कोपी, काक्रा, फर्सी लगायतको तरकारी रोपिदा लगातार गोडिरहनु नपर्ने भएको कारण किसानहरुमा यो प्रणाली सजिलो प्रभावकारी बन्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस