असार १, बाजुरा । शनिबार साँझ गाई बस्तु लिएर घाँस काट्ने क्रममा भिरबाट लडेर १६ वर्षिया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेहद गाउँपालिका वडा नं ६ की सिता कुमारी पाध्याय रहेकी छन् ।
उनी शनिबारको साँझ गाईगोरुको लागि गांँउ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको वेला भिरबाट लडेर उनको घटनास्थमै मृत्यु भएको उनका दाजु दिल्ली पाध्यायले जानकारी दिनुभयो । पाध्याय वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जालपा माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन ।
जिल्लामा यस्ता पटक पटक घटना घट्ने गरेकाले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ ।