• २०८२ बैशाख १७ गते बुधवार

बाँकेमा २० लाख नेपाली रुपैया सहित २ भारतीय पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापामहेन्द्र सिंह

असार १, बाँके । नेपाल भारतको सिमा जमुनाहबाट २० लाख नेपाली रुपैयाँ सहित दुई भारतीय नागरिक पक्राउ परेका छन । सिमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेका हो ।

पक्राउ पर्नेमा भारतिय नागरिक कोमल गुप्ता र सोनु गुप्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेका ब्यक्तिलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । उनीहरुका साथबाट बरामद भएको रकम कहाँबाट र के परियोजनकालागि ल्याईएको हो भन्ने नखुलेको अनुसन्धान भैइरहेको प्रबक्ता सापकोटाले बताए

प्रतिक्रिया दिनुहोस