- धर्म सुनार ,बाजुरा
जेठ १,बाजुरा । उद्योग वाणिज्य संघ बाजुराले आयोजना गर्न लागेको प्रथम बाजुरा महोत्सव तयारी पूरा गरिएकाे छ ।
भोलि जेठ ३ देखि ९ गते सम्म सदरमुकाम मार्तडीमा आयोजना हुने महोत्सवको आन्तरिक व्यवस्थापनको तयारी पुरा गरेको छ । भने बाह्य तयारी अन्तिम चरणमा पुगेको छ ।महोत्सवमा आउने कलाकारको सूची तयारी भएको र प्रमुख अतिथि देखि अतिथिको समेत यकीन गरिसकिएको वाणिज्य संघका कार्यालय प्रमुख टेकबहादुर धामीले बताएका छन् ।महोत्सवको उद्घाटन सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले गर्नु हुने कार्यक्रम रहेको छ ।महोत्सवमा चर्चित कलाकारहरु सुमन अधिकारी, स्मृति शाही, रमिला न्यौपाने, पूर्णकला विसी, पुस्कल शर्मा, रबी ओड सहीत २ दर्जन बढी कलाकारहरुको उपस्थिति रहने भएको छ ।
महोत्सवमा साँस्कृतिक झाँकीहरु तथा देउडा खेल प्रतियोगीता सहित भब्य महोत्सव समापन समारोह गरिने बाणिज्यसंघका अध्यक्ष देवबहादुर रोकायाले जानकारी दिनुभएको छ । प्रथम बाजुरा महोत्सव सदरमुकाम मार्तडीको नेपाल टेलिकमसंगै जोडिएको तालि भन्ने स्थानमा हुने भएको छ ।