जेठ २, मोरङ । बुढीगंगा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हात्तीमुढा, मोरङका इन्जिनियर चन्द्रनारायण चौधरी लाई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
बुढीगंगा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हात्तिमुढा, मोरङका इन्जिनियर चन्द्रनारायण चौधरीको I.Sc. को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको र सोही प्रमाणपत्रका आधारमा नोकरी खाइरहेको साथै बढुवा भएको हुँदा कारवाही गरी पाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान शैक्षिक प्रमाण पत्र नक्कली पाइएको हो ।
उनले बिहार विद्यालय परिक्षा समिति, पटना, भारतबाट I.Sc. पास गरेको झुट्ठा विवरण राखी नक्कली लब्धांक पत्र प्रब्रजन प्रमाणपत्र समेत बनाएका हुन । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।