• २०८० असोज ११ गते बिहिवार

नेपाल मानव अधिकार संगठनले प्रेस स्वतन्त्रताका लागि निक्याल्यो विज्ञप्ती

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, काठमाडौं । नेपाल मानव अधिकार संगठनलेले मिडिया काउन्सिल सम्बन्धी विधेयकका कारण प्रेस स्वतन्त्रतामा खतरा पुग्ने र  नियमनका नाममा संचार क्षेत्रलाई नियन्त्रणमा लिन खोजेको भन्दै त्यसको विरुद्धमा विज्ञप्ती जारी गरेको छ ।

 

हिजै सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयक लगायत पत्रकार तथा सर्वसाधारण नागरिकहरुको गैरन्यायिक गिरफ्तारी र धरपकड बढदै गएको भन्दै ५ वटा पत्रकार संगठनले राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षण गराएका थिए ।

विज्ञप्तीमा सरकारले नियमनका नाममा संचार क्षेत्रलाई नियन्त्रणमा लिन खोजेकोले नेपालको संविधानको प्रश्तावनाको पाचौं परिच्छेदमा भनिए बमोजिम पुर्ण प्रेस स्वतन्त्रता हुनुपर्नेमा जोड दिइएको छ ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस