जेष्ठ २ , काठमाडौं । मध्य नेपालको रौतहट जिल्लामा रहेको चन्द्रपुर नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । चन्द्रनिगाहपुर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।
प्रदेश नं. २ अन्र्तगत पर्ने यस रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका साविकको पाँच वटा गाविसहरु चन्द्रनिगाहपुर, पौराइ, जुडीबेला, सन्तपुर र डुमरिया मिलाई नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७०।०१।०१ को निर्णय अनुसार घोषणा गरिएको हो ।
पूर्वमा बाग्मती नदी र पश्चिममा धन्सार खोला, उत्तरमा चुरे लेक र त्यो माथि रहेको मकवानपुर जिल्ला तथा दक्षिणमा वृन्दावन, गुजरा र गरुडा नगरपालिका रहेको छ । यो नगरपालिका रौतहट जिल्लाकै जनसंख्या र क्षेत्रफलको आधारमा ठूलो नगरपालीका हो । चन्द्रसमशेर प्रधानमन्त्रि हुदाँ बस्नको लागी निगाहा (बक्सनु र दिनु) भएकोले यसको नाम चन्द्रनिगाहपुर रहन गएको भन्ने भनाई रहेको छ । त्यतिबेला राणाहरु तराई तीर सिकार खेल्न जादा यस क्षेत्रमा बस्ने गरेको पाईन्छ । जंग बहादुर तत्कालिन भिक्षाखोरी हालको अमलेखगञ्ज हुदै सिकार खेल्ने गरेको पाईन्छ । यस क्षेत्रमा २००७ सालको त्रान्ति पछि व्यापक रुपमा वन फँडानी भई मानव बस्ति बस्न थालेको पाईन्छ । यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन भने क्षेत्रफल २४९.६ वर्ग कि.मि. रहेको छ । वि.स. २०६८ को जनगणना अनुसार १३४४५ घरधुरी रहेकोमा पुरुष जनसँख्या ३५८५८ र महिलाको जनसँख्या २३२०१ गरी जम्मा जनसँख्या ७२०५९ रहेको छ ।
हाल चन्द्रपुर नगरपालिका क्षेत्रफल तथा जनसंख्याको आधारमा रौतहट जिल्लाकै सबैभन्दा ठुलो नगरपालिका हो । साविकको पाँच वटा गा.वि.स. चन्द्रनिगाहपुर,पौराई,जुडिबेला, सन्तपुर र डुमरिया मिलेर बनेको हो । २०६८ को जनगणना अनुसार जम्मा घरधुरी १३४४५ रहेको छ भने जम्मा जनसँख्या स् ७२०५९ रहेकोमा पुरुष जनसँख्या ३५८५८, महिला जनसँख्या २३२०१ रहेको छ ।