• २०८२ जेष्ठ ७ गते मङ्गलवार

प्रहरीलाई घुस दिन ल्याइएको रकम सहित ३ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३, काठमाडौं । भारतको नयाँदिल्लीबाट बाँकेको नेपालगन्ज हुँदै भन्सार छलि ल्याएको सामान छुटाउनका लागि ल्याईएको घुस रकम सहित ३ जना पक्राउ परेका छन ।

चैत ३० गते काठमाडौं आएको ना.५ ख। ४८४२ नं.को यात्रुवाहक बसले भन्सार छली तस्करीका सामानहरु ल्याइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट खटी गएको प्रहरी टोलीले काठमाडौं चमतीबाट बसलाई नियन्त्रण लिएको थियो । उक्त बसलाई चेकजाँच गर्दा राजश्व छली गरी ल्याइएको लत्ता कपडा बरामद भएको थियो । राजश्व छली गरी ल्याइएका सामान छुटाउनका लागि प्रहरीलाई सो गाडीका चालक श्याम बिश्वकर्माले रु.३,००,०००। दिपा राना र भरत तामाङले रु.५०,०००।– गरी जम्मा रु.३,५०,०००।–घुस रकम दिन खोज्दा प्रहरीले उक्त घुस दिन ल्याएको रकमसहित तिन जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा लेथप अनुसन्धान कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस