• २०८० असोज १७ गते बुधवार

अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित २ विदेशी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित पोल्याण्ड नागरिक २८ वर्षीय माक्सी मिलीकन बेग्लोस्की र २६ वर्षीय आकुभ स्टेक्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको होलब्यागेज जाँच गर्ने क्रममा माक्सीको साथबाट युएस डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय तथा नेपाली रुपैयाँ ५८ हजार र आकुभको साथबाट युएस डलर ६ हजार १ सय र युरो ५ हजार फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीका लागि उक्त मुद्रा सहित राजश्व विभाग हरिहर भवन पुलचोक पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस