• २०८० मङ्सिर १९ गते मङ्गलवार

काठमाडौंका बिभिन्न स्थानबाट लागूऔषध सहित छ जना पक्राउ

पढ्न लाग्ने समय : २ मिनेट

चैत काठमाडौं । काठमाडौं महानगरपालिका-१५ ठूलोभर्‍याङबाट काठमाडौं नेपालटार बस्ने गोरखा घर भएका २७ वर्षीय दिनेश खत्री र ३० वर्षीय विपिन गुरुङलाई नियन्त्रित लागूऔषध डाइजेपाम १ सय २३ एम्पुल, फेनारगन १ सय २३ एम्पुल र नुर्फिन १ सय २३ एम्पुल सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा.९१ प ९२२९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट काठमाडौं महानगरपालिका-१६ मनमैजु बस्ने २५ वर्षीय परिमोल तामाङ समेत ३ जनालाई नियन्त्रित लागूऔषध डाइजेपाम ३३ एम्पुल, नुर्फिन १३ एम्पुल र फेनारगन ५३ एम्पुल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले गौरबाट काठमाडौं आउँदै गरेको ना.५ ख ३०२० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट काठमाडौं साँखु लप्सीफेदी घर भएका ३६ वर्षीय शम्भू स्याङ्बोलाई नियन्त्रित लागूऔषध फेनारगन ३४ एम्पुल, डाइजेल्याव ३३ एम्पुल, नुर्फिन ३१ एम्पुल र नाइट्राभेट १ सय १५ ट्याब्लेट सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौं आउँदै गरेको बा.५ ख ६०९५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा स्याङ्बोलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस