चैत २,दाङ । दाङको घोराही लमही सडक खण्डको मसोटको पहिलो घुम्तीमा शुक्रबार राति ११:३० बजे बस दुर्घटना भएको छ ।
घोराही बाट तेल हाल्न लमही जादै गरेको रा.१ ज. ६७४ नम्बरको बसमा ३ जना सवार रहेको जनाईएको छ । दुर्घटनामा चालक दाङ धर्ना ५ निवासी ४६ बर्शिय शेर बहादुर केसी र दाङ धर्ना ५ निवासी पोषण गिरी गम्भीर घाइते भएका छन । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।
बसमा सवार एक व्यक्तिको खोजी भइरहेको छ ।