• २०८२ बैशाख ७ गते आइतवार

चट्याङ लागेर विद्यार्थीसहित ६ घाइते

पढ्न लाग्ने समय : १ मिनेट

फागुन- ४, भक्तपुर । भक्तपुरको सूर्यविनायक न.पा ७ गुण्डुस्थित घ्याम्पे डाँडामा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्रबाट पिकनिक मनाउन आएका ६ जना शनिबार दिउँसो चट्याङ लागेर घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चट्याङ लागेर मोरङको कोसी दरैचा नपा ४ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने २५ वर्षीय रवि पाण्डे, कैलालीको गौरी नपा १ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय जीवन भण्डारी र स्याङजाको कालीगण्डकी गाउँपालिका ४ घर भई हाल कीर्तिपुर नै बस्ने २४ वर्षीय कमल पाण्डे, नवलपरासीको सुस्ता गाउँपालिका ५ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय सत्यनन्द गुप्ता, ओखलढुङ्गाको रुम्जाटार घर ५७ वर्षीय ललित गुरुङ र सर्लाही घर भएकी २९ वर्षीया सीता खड्का घाइते भएका छन्।

घाइतेहरुको भक्तपुर नपा १ सल्लाघारी स्थित डा .इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको र घाइतेहरुको अवस्था सामान्य रहेको छ।

शनिबार दिउँसो मुसलधारे पानीको बीचमा परेको चट्याङले उनीहरुलाई भेटेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस