- भोला घिमिरे
फुलमालामा आर्यघाटको यात्रा तय गरेपछी।
हास्दै बिदा गर्नु मलाई, लडाइँमा म मरेपछि ।।
बा आमाको आसिर्वादमा, बिदाई थियो श्रीमतीको ।
कति पिडा होला कठै, उनको पोते छरेपछी ।।
फुलमालामा आर्यघाटको यात्रा तय गरेपछी।
बुझाउनु मन यस्तै त हो, एकदिन छाडि जानैपर्छ।
के लाग्यो र गयो प्राण, चक्रब्युमा परेपछि ।।
फुलमालामा आर्यघाटको यात्रा तय गरेपछी।
कति सपना थिए होलान् , सजायका कल्पनामा ।
सुडानको त्यो लडाइँ तप्प, आँखाबाट झरेपछी।।
फुलमालामा आर्यघाटको यात्रा तय गरेपछी।
देशको सिन्दुर पहिरियर, शान्ति सेना गाको छोरा ।
काठको बाकस भित्र सपना, सात समुन्द्र तरेपछी ।।
फुलमालामा आर्यघाटको यात्रा तय गरेपछी।
आङगनिमा फुलरोपि, हरेक दिन पानी हाल्नु।
जिउँदो सहिद भन्नू मलाई , आखिर त्यो फुल सरेपछी।।
फुलमालामा आर्यघाटको यात्रा तय गरेपछी ।
हास्दै बिदा गर्नु मलाई लडाइँमा म मरेपछी।।
तारकेश्वर न.पा -३, काठमाडौं