• २०८२ जेष्ठ २ गते बिहिवार

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको हृदयाघातका कारण निधन भएको छ । उनको आइतबार राति करीब १०:१५ बजे हृदयाघातका कारण निधन भएको हो ।

अकस्मात हृदयाघात भएपछि उनलाई राजधानीको चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको अस्पताल श्रोतले जनाएको छ ।

५१ वर्षीय भट्टराईले कैयन् चलचित्र निर्माण गएका थिए । उनी ८ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । उनको शवलाई सोमवार पोस्ट्मार्टम गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस