• २०८१ फाल्गुन २ गते शुक्रवार

नेकपा स्थायी कमिटी बैठकमा पाँच एजेण्डा

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २९ काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटीका एजेण्डाहरू तय गरेको हो । यो बैठकमा प्रधानन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने केहीबेर मात्र सहभागी भएका थिए ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । यो अर्का अध्यक्षसँग समेत परामर्श गरेर तयार पारिएको हो ।

यसबाहेक विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकलगायत एजेण्डा पनि छन् ।

 

प्रतिक्रिया दिनुहोस