• २०८२ जेष्ठ २ गते बिहिवार

नदि अधिकार मञ्च साउथ एशिया कमिटिको दोस्रो अन्तराष्ट्रिय सम्मेलन नवलपरासीमा

पढ्न लाग्ने समय : १ मिनेट
  •  विमल भट्टराई/ईन्दिरा विश्वकर्मा,सुनवल नवलपरासी

कार्तिक २९, नवलपरासी । नदि अधिकार मञ्च साउथ एशिया कमिटि बैठकले आउदो डिसेम्बरको अन्तिम हप्तामा दोस्रो अन्तराष्ट्रिय सम्मेलन पश्चिम नवलपरासीमा गर्ने निर्णय गरेको छ । नदि अधिकार मञ्च साउथ एशिया कमिटि नेपाल,गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासीको बैठकले आउदो डिसेम्बरको अन्तिम हप्तामा पश्चिम नवलपरासीको त्रिवेणी नारायणी नदि किनारमा कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।

नदि अधिकार मञ्च साउथ एशिया कमिटिका अध्यक्ष बृजराज कुशवाहको अध्यक्षतामा शुक्रबार नवलपरासीको सुस्ता गाउँपालिकामा बसेको बैठकले कमिटिको दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा राष्ट्रियस्तरका ब्यक्तित्वलाई प्रमुख अतिथी बनाउने निर्णय गरेको छ । साथै नेपाल, भारत र बङगलादेशका राजदुतहरु र तिनै देशका सिंचाई मन्त्रिहरुलाई आमन्त्रण गर्ने निर्णय शुक्रबार बसेको बैठकले गरेको छ । नदि अधिकार मञ्च साउथ एशिया कमिटिका अध्यक्ष कुशवाहका अनुसार ४ दिन सम्म सम्मेलन सञ्चालन हुनेछ ।

जस अन्र्तगत पहिलो दिन उद्धघाटन सत्र गरिने र दोस्रो दिन सम्मेलनको घोषणा पत्र जारी गरिने छ । त्यसैगरी तेस्रो र चौथो दिन जल सम्बन्धि विभिन्न विषयका विज्ञहरुको प्रस्तुती रहने नदि अधिकार मञ्च साउथ एशिया कमिटिका अध्यक्ष कुशवाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस