.बिमल भट्टराई /ईन्दिरा विश्वकर्मा
असोज २८, नबलपरासी । पश्चिम नवलपरासीको महाकवि देवकोटा माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको आयोजनामा मंगलबार ३ बर्षे अटो मोबाईल ईन्जिनियरिङ डिप्लोमा को भर्ना सम्बन्धि छलफल एंव अन्र्तक्रिया कार्यक्रम सुनवलमा सम्पन्न भएको छ ।
महाकवि देवकोटा माध्यमिक विद्यालय प्राविधिक शिक्षालयले सी.टि.ई.भि.टि. बाट ३ बर्षे अटो मोबाईल ईन्जिनियरिङ एण्ड मेकानिजम्को कार्यक्रम संचालनको लागी स्विकृती पाएँ सगै शैक्षिक सत्र २०७६ र ७७ का लागी इच्छुक तथा योग्य उम्मेदारहरु एंव सिङगो सुनवल नगरपालिका मै जानकारी गराउने उद्येश्यले मंगलबार सुनवल १ सोमनाथमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
नवलपरसी जिल्ला बर्दघाट सुस्ता पश्चिमकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित यस महाकवि देवकोटा माध्यमिक विद्यालय सुनवल १ नवलपरासीमा प्राविधिक शिक्षालय कार्यक्रम अन्र्तगत विगत १८ बर्ष देखि हाल सम्म निरन्तर रुपमा सि.टि.ई.भि.टि. बाट मान्यता प्राप्त गरी अटो मोबाईल ईन्जिनियरिङ एण्ड मेकानिजम्को कार्यक्रम संचालन गर्दै आईरहेको छ।