• २०८२ बैशाख १७ गते बुधवार

बाजुरामा प्रथम मेयर कप फुटवल प्रतियोगिता सरु

पढ्न लाग्ने समय : २ मिनेट

.धर्म सुनार
असोज २८ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाले आयोजना गर्ने प्रथम मेयर कप फुटवल प्रतियोगिताको मंगलबार उद्घाटन गरिएको छ ।

बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आज देखि शुरु भएको प्रथम मेयर कप प्रतियोगिताको सर्व भुमिसुधार सहायक मन्त्री जनकराज
गिरीले उद्घाटन गर्नुभयो । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदमकुमार गिरीको अध्यक्षतामा उद्घाटन समारोहको प्रमुख अतिथि पर्व
भुमिसुधार सहायक मन्त्री जनकराज गिरी, विशिष्ट अतिथि पर्व सांसद हिक्मत जंग शाही, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल,
नेकपाका प्रदेश कमिटी सदश्य अज बहादुसर मल्ल र नेपाली काँग्रेस बाजुराका कोषाध्यक्ष नारायण पाध्या रहनुभएको थियो ।

विभिन्न राजनैतिक दलका अन्य पदाधिकारीहरु, वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु समेत अतिथि रहेको प्रथम मेयर कप फ७त्रगयतसटबल प्रतियोगितामा हाल २२ वटा टिमले सहभागिताका लागि टिम दर्ता गराएको मेयर कप फुटवल ब्यवस्थापन समितिका संयोजक दिपक कार्कीले बताउन७३घढसभयो । मेयर कप फुटवल प्रतियोगितको उद्घाटन कार्यक्रममा बोल्दै नेताहरुले खेलखुदका क्षेत्रमा पनि ठुलो सम्भावना भएकाले खेलाडीहरुलाई अनुसासित ढंगले खेल खेल्न र आफ्नो प्रतिभा देखाउन आग्रह गर्नुभएको छ ।

बुढीनन्दा नगरपालिका वडा नं दुईका अध्यक्ष भिमबहादुर कार्कीले स्वागत मन्तब्य रोखेको कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट रामबहादुर रोकाया, अनेरास्वयुका युवा नेता नरेश रोकाया, नेविसंघका युवा नेता दिनेश शाही र कमल बुढा सहित अतिथिहरुले मन्तब्य राख्नु भएको थियो । एकता, मित्रता र सक्रियता नगर विकासका लागि प्रथम मेयर कप फुटवल प्रतियोगिता भन्ने मुल नारा सहित आयोजित फुटवल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि जनकराज गिरीले गोल पोष्टमा प्रहार गनुभएको थियो भने विशेष अतिथि हिक्मत जंग शाहीले गोल रोकेर खेलको उद्घाटन गरिएको थियो ।

रविन्द रोकायाले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा करिव ५ सय बढी स्थानियको उपस्थिति रहेको थियो । मेयर कप फुटवल प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ रुपैया उपविजेताले ८८ हजार ८८८ रुपैया ट्रफि र मेडल प्राप्त गर्ने आयोजकले जनाएका छन।

प्रतिक्रिया दिनुहोस