- सागर थापा
असोज २८, दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय घोराहीले सयुत्त रूपमा मापसे चेकजाँच घरेलु अबैध मदिरालाई नियन्त्रणमा तीब्रता पारेको छ ।
हजुर नमस्कार हजुर सङ लाइसेन्स बिलबुक छ भने हेरम कतै तपाई सवारी हाक्दा जथाभावी तीब्र गुडाउनु भएको त छैन बढी मदिरा सेव गरि सवारी चलाउनु भएको छ्की हतार भएकाले उच्च गतिमा हाकिरहनु भएको छ कि ख्याल गर्नुहोस् तपाईं कानुनी दायरामा आउनुपर्ने छ । तपाईंको निगरानी प्रहरीले गर्न थालेको छ ।नेपालीहरुको महान तिहार छठ पर्वहरु नजिकिदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीले चाडपर्व हरुमा मापसे केन्द्रित चेकजाँच र घरेलु मदिरालाई नियन्त्रणमा लिन तिब्रता पारेको छ। आकालमा कुनै पनि मानिसको मापसे गरेर दुर्घटनामा कसैको पनि ज्यान जान नपरोस् भन्दै दाङ ट्राफिक प्रहरी र वडा प्रहरी घोराहीले दाङ जिल्ला भरी दिनमा ९ पटक चेकजाँच लाई तीब्र पारेको जिल्ला ट्राफिक प्रमुख प्रेम प्रसाद रेग्मीले जानकारी दिनु भएको छ । दाङ जिल्लाको बजार घोराही उपमहानगरपालिका नारायणपुर लगाएत गाउँ गाउँमा मापसे चेकजाँच र मदिरा नियन्त्रणलाई तीब्रता पारेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख सशी शर्माले जानकारी दिनुभएको छ।