• २०८१ जेष्ठ १३ गते आइतवार

सभामुख महरालाई अदालतमा उपस्थित

पढ्न लाग्ने समय : १ मिनेट

असोज २८,काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतमा उपस्थित गराइएको छ ।

जिल्ला अदालत काठमाडौंमा लगिनु अघि महरालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयबाट महरालाई अदालत लगिएको छ । उनीमाथि थप अनुसन्धानका लागि म्याथ थपको माग गर्ने तयारी गरिएको छ ।

गत असोज १९ गते आइतबार पक्राउ परेकाउ उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराइएको हो जानकारी दिएको हो ।

दशैं विदा सकिएपछि हिजो सोमबार उनलाई अदालत उपस्थित गराइने तयारी गरिएकोमा हिजो पनि अदालत अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराउन लागिएको हो । महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई करणी गरेको आरोप लागेको छ ।

महिलामाथि गरेको यो दुर्व्यवहारको घटना सार्वजनिक भएपछि महराले त्यसको भोलिपल्टै नैतिकताका आधारमा सभामुख पदबाट राजीनामा दिएका थिए । प्रहरी थुनामा रहेका महराको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरि उपचार भइरहेको छ । नर्भिकमै उपचाररत महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराउने छ ।

प्रतिक्रिया दिनुहोस