• २०८१ माघ २६ गते शनिवार

गैँडाको आक्रमणमा परी मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, चितवन । गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का  एक सख्त घाइते भएका छन् ।

आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका  ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।

उनको शव सोही सामुदायिक वनमा आइतबार साँझ नै स्थानीयवासीले फेला पारेका थिए । स्थानीयवासी वनभित्र दाउरा र खर काट्न गएका बखत तामाङको आक्रमणमा परी मृत्यु भएको  उक्त सामुदायिक वनका पूर्वअध्यक्ष बलिराम महतोले बताए ।

कावासोती–१३ कै ३३ वर्षीय बुद्धिमाया गुरुङलाई पनि गैँडाले आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते भएकी उनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।

सामुदायिक वनमा वैन पैदावार निकासी खुलाउँदा विशेष सावधानी अपनाउनुपर्नेमा त्यसो नगर्दा दुर्घटना भएको पूर्वअध्यक्ष महतोले गुनासो गरे । सीमित क्षेत्रमा सुरक्षाको प्रबन्ध गरी वन पैदावर निकाल्न अनुमति दिँदा यस्ता किसिमका दुर्घटना हुनबाट जोगिन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस