• २०८२ बैशाख ७ गते आइतवार

चीनबाटै काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २८ काठमाडौँ, बहु,प्रतीक्षित काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल–चीन अन्तरदेशीय रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो ।चीनकै सहयोगमा पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउनुअघि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस