- खबर24नेपाल समाचारदाता
भदौ २९, दाङ । डेँगु राेग नियन्त्रण गर्न अनि यस राेगकाे बारेमा सबैलाई जनचेतना फैलाउने उदेश्यका साथ आज बिजाैरीमा र्याली निकालिएकाे छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजाैरी, बेलझुण्डी आयुर्वेद संस्थान, नयाँ पाईला पुर्नस्थापना केन्द्र, बिजाैरी उद्याेग बाणिज्य संगकाे संयुक्त पहलमा उक्त र्याली निकालिएकाे थियाे ।
हातमा ” घर वरिपरि सफा राखाैँ” ” घर नजिक भएका पानी जम्ने खाडल पुराैँ” ” टाँउकाे दुख्ने, ज्वराे आउने बित्तिकै अस्पताल जाँउ” जस्ता प्ले कार्ड सहित डाक्टर, नर्स, बिद्यार्थी, राजनीतिक दल,जनप्रतिनिधि, मानवअधिकारकर्मी, उद्याेग बाणिज्य संघ बिजाैरी, प्रहरी र पत्रकारहरुकाे टाेलीले बिजाैरी चाेक हुदै मानपुर चाेक सम्म बिभिन्न नाराबाजी गर्दै डेँगु राेगकाे बारेमा जानकारी दिएका थिए । बिहान ८ बजेबाट सुरु भएकाे र्याली बिजाैरी बजार परिक्रमा गर्दै प्रादेशिक आयुर्वेद चिकित्सालय बिजाैरीकाे प्राङ्गणमा गई काेणसभामा परिणत भएकाे थियाे ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का कार्यवाहक अध्यक्ष धन बहादुर बस्नेतकाे अध्यक्षता एवम् प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख डा. राम कामेश्वर ठाकुरकाे प्रमुख आथित्यमा भएकाे काेणसभामा बाेल्ने बक्ताहरुले डेँगु राेगले अहिले महामारीकाे रुप लिईरहेकाेमा चिन्ता ब्यक्त गर्दै यसकाे समाधानका लागी सबैले सबैलाई जानकारी दिदैँ स्कुल स्कुलमा अभियान चलाउनु पर्ने कुरामा जाेड दिएका थिए । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि डा. राम कामेश्वर ठाकुरले सबै प्राचार्य,शिक्षक एवम् बिद्यार्थीहरुलाई यस राेगकाे राेगथामका लागी कदम चाल्न र आफ्नाे ठाउँबाट सहयाेग गरि जनस्तरमा याे राेग लाग्न नदिनका लागी डाक्टर नर्शहरुकाे भुमिका महत्वपुर्ण हुने भन्दै अघि बढ्न निर्देशन समेत दिनुभएकाे थियाे ।