• २०८१ चैत्र ५ गते बुधवार

बिध्यालयको प्राङ्गणमा बृक्षारोपण गरि बाल दिबश मनाइयो

पढ्न लाग्ने समय : १ मिनेट
  •  सीता बि.क

 भाद्र २९,प्युठान । राष्ट्रिय विश्व बाल दिबशको अबसरमा वृक्षारोपण गरी बाल दिवश मनाईएको छ । आइतबार प्युठान नगरपालिका ३ स्थित बालमन्दिर प्रा. बि बिद्यालयमा सोमैको विरुवा रोपिएको छ ।

बातावरण स्वस्च्छ बनाउनुका साथै बिद्यालय परिसरलाई हरियाली बनाउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । बिद्यालय परिसरमा अति सितलता प्रदान गर्ने एक ओटा सोमैको बिरुवा रोपेको छ । बृक्षारोपण गर्दै प्युठान नगरपालिका मेयर अर्जुनकुमार कक्षपतिले मानव र वृक्ष बीचको सम्बन्ध घनिष्ठ भएको बताउनुभयो ।

जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिन्छ । उहाँले भन्नुभयो , सडक नजिक भएका बिध्यालयमा यस्ता बिरुवा रोपण गरेमा बिध्यालयमा क्वोलाल कम हुने र बालबालिकालाई सितलता पाउन सहयोग मिल्छ।”

बाल दिवसको अवसरमा बिद्यालयलाई सुन्दर, स्वच्छ र हरियालीको रुपमा विकास गर्ने उद्देश्यले बिद्यालय क्षेत्रमा बृक्षारोपनको आयोजना गरिएको बिध्यालयका प्रध्यानाध्यापक लोक बहादुर बिष्टले बताउनु भयो । त्यस्तै उहाँले पछिल्लो समयमा वृक्षारोपण गरिएता पनि डाडाँहरु खालि रहेको भन्दै ठाउँ अनुसारको उपयूक्त विरुवा रोप्नु पर्नेमा जोड दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस