भाद्र २९,रोल्पा । माडी एकता युवा क्लब माडी गाउँपालिका १ रोल्पाको बिस्तारित बैठक एतिहासिक युद्ध नमुना प्रर्यट्न क्षेत्र घोर्नेटिमा सप्पन्न भएको छ ।
क्लबका अध्यक्ष वीर सिङ वलीको अध्यक्षतामा बसेको बैठक मा माडी १ का वडा अध्यक्ष आम बहादुर घर्ती गाउकार्यपालिका सदस्य झक्कु प्रसाद परियार अन्य जनप्रतिनिधि राजनितीक दल बुद्धिजीवी लगायत स्थानिय वासिन्दाहरुको उपस्थिति रहेको थियोे ।
बैठक प्रथम घोर्नेटी कृषि प्रर्यट्न तथा सास्कृतिक महोत्सबको तयारी बारेमा छलफल भएको थियोे । युद्ध तालिम केन्द्रको रूपमा रहेको बाङेताल खागिललाई जोडेर घोर्नेटीको अस्तित्व बचाउने र माडीको कृषि प्रर्दशनीसङ्गै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । बैठकबाट पौराणिक झाकी पैसरु साराङ्गी सोरठी मारुनी तथा लाखे नाच प्रर्दसनलाई विशेष सम्मान र पुरस्कृत गरिने निर्णय गरेको छ ।
उत्कृष्ट कृषि प्रर्दशनीलाई पुरस्कार र प्रोत्साहन गरिनुका साथै प्रर्यट्न प्रबर्द्धनका लागि व्यापक प्रचारप्रसार गरिने छ । महोत्सव सफल गर्नेका लागि विभिन्न बिभाग छुट्टाउनुका साथै उप-समिती समेत गठन गरिएको कल्बका अध्यक्ष वीर सिङ वलीले बताउनु भयो ।
महोत्सव अशोज २४ र २५ गते सन्चालन हुने छ ।