• २०८२ बैशाख ६ गते शनिवार

दाङमा हजारौं जनताहरुले निशुल्क स्वास्थ्य शिविरमा पाए स्वास्थ्य सेवा

पढ्न लाग्ने समय : ३ मिनेट
  • सागर थापा

भदौ २९, दाङ । श्री असहाय बालविकास नेपाल दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ स्थित दीपेन्द्र माध्यामिक विद्यालय मानपुरमा शनिवार आयोजना गरेको बृहत् निशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरणमा एक हजार तीन सय ८० जनाले स्वास्थ्य परिक्षण तथा उपचार सेवा लिएका छन् । शिविरमा दाँतका १ सय ३०, आँखाका २ सय १९, ल्याव ७५, वाल रोग २ सय २६, सामान्य चिकित्सा ३ सय ३८, नाक, कान घाँटी दुई सय २८ र स्त्री रोगमा एक सय ६४ जनाले स्वस्थ्य परिक्षण तथा उपचार पाएको असहाय बालविकास नेपालका अध्यक्ष विष्णु चौधरीले जानकारी दिए ।

उनका अनुसार शिविरमा १५ जनाको दाँत फालिएको थियो । त्यसैगरी २८ जनाको मेतियाविन्दुका विरामी भेटिएका थिए । शिविरमा आएका मेतियाविन्दुका विरामीको आँखा अस्पताल तुलसीपुरले निशुल्क अप्रेसन गर्ने सहमती जनाएको छ । त्यसैगरी शिविरमा आएका विरामीहरुको थप उपचार गर्नुपर्ने विरामीहरुलाई राप्ती लाइफ केयर अस्पताल तुलसीपुरले ५० प्रतिशत छुटमा उपचार गर्ने सहमती गरेको छ । सगरमाथा टेण्डललका सञ्चालक इश्वर पौडेलले शिविरमा आएका विरामीहरुलाई थप उपचार गर्नुपरेमा ५० प्रतिशत छुट गरिने जानकारी दिए । नेश्नल ल्याव घोराही र तुलसीपुरले समेत थप रगत परिक्षण गर्नुपर्ने विरामीहरुका लागि ५० प्रतिशत सहुलियत गरिने जानकारी दिए । शिविरमा प्रा.डा. सञ्जय पोख्रेल, प्रा.डा. सुनिल कुमार, डा. रामकोश्वर ठाकुर, डा.गोकर्ण दाहाल, डा.पुष्पराज पौडेल, डा.मंगलाकान्त झाँ, डा. लम्ेश्वर मण्डल नत्रसहाय रमेश गिरी, डेण्टल सर्जन रस्मिता बस्नेत, सरेश अवस्थि लगायले स्वास्थ्य उपचारमा सहभागि थिए । घर आँगनैम स्वास्थ्य सेवा पाएकोमा स्थानीयहरुले समेत खुशी व्यक्त गरेका छन् । स्थानीय कल्पना बस्नेतले निशुल्क स्वास्थय शिविर आयोजना गरेर गरिव विपन्नवर्गका जनतालाई सेवा गरेकोमा आयोजनक असहाय बालविकास नेपाललाई धन्यवाद ज्ञापन गरिनन् । ‘विगतमा पनि यो सस्थाले यस्तै सामाजिक काम गर्दै आएको छ,’ उनले भनिन्, ‘आगामी दिनमा यस्तै काम गर्दै जाओस् भन्ने हाम्रै चाहना छ, यस्था सस्थालाई सरकार र अन्य निकायले पनि सहयोग गर्नुपर्छ ।’ शिविरमा आएका सबै बिरामीलाई निशुल्क औषधी वितरण गरिएको चौधरीले जानकारी दिए । ‘हामी सामाजिक सस्थाहरुले यस्तो बेला विशेष पहल गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘नागरिकहरुको स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकारले थप पहल गर्नुपर्ने देखिएको छ ।’ \

असहाय बालविकास नेपाल दाङ २०७२ सालमा स्थापना भएको सामाजिक सस्था हो । सस्थाले हाल १७ जना असहाय बालबालिकाहरुलाई निशुल्क रुपमा संरक्षण गरिरहेको छ । ‘बालबालिकाहरुको खाने, बस्ने, लत्ताकपडा तथा पढाईको सम्पूर्ण जिम्मेवारी हामीले लिएका छौं,’ चौधरीले भने, ‘उनीहरुलाई उच्च शिक्षा समेत प्रदान गर्ने हाम्रो लक्ष्य रहेको छ ।’ सस्थाले अति विपन्न परिवार तथा अभिभावक विहिन भएका अरु बालबालिकाहरुलाई पनि आवश्यकता अनुसार संरक्षण दिने बताएको छ । ‘हरेक नागरिकको बाच्न पाउने अधिकारको ग्यारेन्टी राज्यले लिनुपर्ने हो तर, राज्यको ध्यान पुग्न सकेको छैन,’ चौधरीले भने, ‘हामी सामाजिक सस्थाहरुले राज्यको सहयोगी निकाय भएर हरेक नागरिकहरुको आधारभुत अधिकार सुनिश्चित गर्न पहल गर्नुपर्छ ।’ अध्यक्ष चौधरीले शिविरमा जति सक्दो धेरै गरिव तथा विपन्न नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्य भएकाले गाउँछिमेकमा शिविर वारे जानकारी दिन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस