• २०८१ चैत्र ३ गते सोमवार

हुम्लामा भूकम्पको धक्का

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २९, हुम्ला । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

हुम्लाको लिमी केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार विहान१० बजेर ५४ मिनेटमा हुम्लाको लिमी केन्द्रबबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का महसुस भएसँगै सर्वसाधारण खुल्ला स्थानमा भेला भएका थिए । अहिलेसम्म भूकम्पको क्षतिको कुनै विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस