• २०८१ मङ्सिर २२ गते शनिवार

आजको मौसम : देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राती देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भु(भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ । बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेको छ । हाल देशभरी आंसिक देकी सामान्य बदली भई मध्यको पहाडी भेग लगायत पुर्वी तथा पश्चिमी भुभागका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पुर्वी भु(भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस