- देव भक्त धमला
ठुलैकुरा गर्दारैछन ठुलाबडा मान्छेहरु।
ठुलैको भर पर्दारैछन ठुलाबडा मान्छेहरु!!
हामीजस्ता सानामान्छे नजिक हुनखोज्योभने।
परपर पो सर्दारैछन ठुलाबडा मान्छेहरु!!
दुईहात जोडि निहुरिएर ज्यु ज्यु हजुर भन्दापनि।
उल्टै आँखा तर्दारैछन ठुलाबडा मान्छेहरु!!
कुनै हानी नोक्सानी नपुर्याउदा खेरी पनि!!
केको रिसले मर्दारैछन ठुलाबडा मान्छेहरु?????