• २०८० मङ्सिर १५ गते शुक्रवार

बाँकेमा बस एक आपसमा ठोकिँदा १८ जना घाईते

पढ्न लाग्ने समय : १ मिनेट

सागर थापा/महेन्द्र सिंह साउन ३०, बाँके । बाँकेको नेपालगन्ज कोहलपुर सडक खण्डमा बिहिबार ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।

सडक खण्डको पिपिरी चोकमा ओभरटेक गर्ने क्रममा दुई बस एक आपसमा ठोकिँदा १८ जना घाईते भएका छन । कोहलपुरबाट नेपालगन्जतर्फ गईरहेको भे १ ख १६१७ नम्बरको नागरिक यातायात प्रा.लि. को नगर बसलाई नगरबसलाई ओभरटेक गर्ने क्रममा नमस्ते नेपाल यातायात प्रा.लि. को ना ६ ख ५३०७ नम्वरको बसले पछाडीबाट ठक्कर दिएको प्रत्यक्षदशीले उत्तम भुसालले बताएका छन ।

दुर्घटनामा घाईते १८ जना यात्रु मध्ये १ जना बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । केही घाईतेहरुको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको र अन्य उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

कोहलपुर नेपालगन्ज सडकखण्डमा चल्ने नगरबस बिचको अस्वस्थ प्रतिस्प्रर्धाले बेलाबखत यस्ता दुर्घटना हुँदै आएको प्रबक्ता डिएसपी सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस