• २०८० मङ्सिर १३ गते बुधवार

म्यान्मारमा विद्रोही र सुरक्षाकर्मीबीच झडप हुँदा १४ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०,यङ्गून । म्यान्मारमा विद्रोही र सुरक्षाकर्मीबीच भीडन्त हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

पश्चिम म्यान्मारको माण्डले शहर नजिकैको सुरक्षा चौकीमा विद्रोहीले आक्रमण गरेका थिए । विद्रोहीको आक्रमणपछि दोहोरो गोली हानाहान भएको थियो ।

आक्रमणमा अरु धेरै जना घाइते भएको अधिकारीले जनाएका छन् ।म्यानमारमा आदिवासी जनजातीहरूको विद्रोही समूहले एक दशकदेखि सरकारी सुरक्षाकर्मीविरुद्ध समयसमयमा आक्रमण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस