- धर्म सुनार, बाजुरा समाचारदाता
साउन ३०, बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउपालिकाका वडा नं. १ मा बुधवार रातिको अविरल बर्षा संगै आएको बाढी पहिरोले दर्जनौं बस्तिमा क्षति पु¥याएको छ ।
स्वामिकार्तिक खापर गाउपालिका वडा नं एक अन्र्तगत पर्ने जोरु, खुईकोट, मानाकोटी, रुढी, बर्कु, छुद्दरी, लगायतका बस्तीमा पहिरो जादा लाखौंको क्षति पु¥याएको वडा नं एकका वडा अध्यक्ष जनक रोकायाले बताए । पहिरोका कारण उक्त बस्तिका बिस्तापित १६ घरलाई अन्यत्रै सर्न आग्रह गरीएको छ, बाकी बस्तीलाई पनि बस्ती स्थानस्तरण गर्नुपर्ने वडा अध्यक्ष रोकायाले बताए ।
बुधवार राति करीव एक बजेतिर उक्त ठाँउमा पहिरो आएको स्थानियले बताएका छन । रातिको समय थियो, पुरै गाउ नै सुनसान थियो, आकासमा कालो वादल संगै झिमझिम पानि परिरहेको थियो, पहिरो आउछ भनेर कसैलाई पत्तो थिएन, रातिको एक्कासि पानीले यति ठुलो क्षति पुर्यायो स्थानिय दानबहादुर रावलले बताए । भिरालो जमिनमा रातिको समयमा बाढि पहिरो आउदा स्थानियका दुईवटा भैसि र ४८ आटो गाई गोरु बगाएको छ भने कुनै मानविय क्षति भने हुन नपाएको स्थानिय मनबहादुर रोकायाले जानकारी दिए ।
अहिले उक्त ठाँउमा पहिरो गैरहेको रोेकायाले बताएका छन । भिरालो जमिनमा स्थानियको बसोवास जोखिम हुदा उक्त स्थानमा फेरी पनि पहिरो जाने ठुलो सम्भावना हुदा त्यहाबाट बस्ति सार्न जिल्ला दैविक प्रकोप उद्धार समितिले आग्रह गरेको छ । पहिरोले लिदुडे खोलाको निर्माणाधिन पुल पनि बगाएको छ ।
स्थानियको जनश्रमदान र गाउपालिकाको अनुदानमा १ लाख ६५ हजारमा निमार्ण सम्पन्न सो खोलाको पक्की पुल बगाउदा स्थानियको जनजीवन अस्तब्यस्त बनेको छ । सो क्षेत्रका दुई हजार भन्दा बढी स्थानियलाई आवतजावतमा समस्या भएको बताईएको छ । सो स्थानका करीव ४ हजार जनसंख्या लाई अहिले पहिरोको चिन्ताले सताई रहेको छ । गाउका सिचाई कुलो, सिचाई ट्याङिक, सिचाई नहर पहिरोले भत्काउदा किसानलाई सिचाईमा समस्या हुने भएको छ । करीव ४ हजार भन्दा बढी किसानका खेतवारी, खेतवारीमा लगाएको अन्नवालि, तरकारी खेति, फलफुल खेतिमा लाखौको क्षति हुदा स्थानिय चिन्तित बनेका छन ।
पहिरो गएको बिभिन्न ठाउमा जनप्रतिनिधि, वडा नं एकाका वडाअध्यक्ष जनक रोकाया,स्थानिय, ईलाका प्रहरी कार्यालय स्वामिकार्तिक लगायतको टोली घटनास्थल पुगेर पहिरो खसेको ठाउको जाच बुझ गरिसकेको इलाका प्रहरी कार्यालय स्वामिकार्तिकले बताएको छ ।