साउन ३०, काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा आजको दिन जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै अवसरमा काठमाडौको उत्तरी क्षेत्र तारकेश्वर नगरपालिका वडा नं. ३ मा रहेका तारकेश्वर मन्दिरमा पनि भब्य मेलालागेको छ ।
यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।” तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।
तारकेश्वर नगरपालीका वडा नं ३ तारकेश्वर महादेव मन्दिरमा जनै पुर्णिमाको अवसरमा शिवको दर्शन गर्ने भक्तजनहरूको भिड को एक झलक। भिडीयो :रामचन्द्र पलेल