- खिमराज गिरी
प्राय सबै दैनिक पत्र पत्रिकामा समाचार छापिएको छ कि ”कर्णालीका मन्त्री खत्रीलाई पक्रिन आदेश” भनेर । हुनपनि हो जनताले वढो अमूल्य भोट दिई जिताएर पठाएका मन्त्री नै भ्रष्ट भएपछि अरु साँसदहरु र स्थानिय निकायका जनप्रतिनिधिहरुलाई के भन्ने ?
उक्त समाचार अनुसार निज खत्रीलाइ बैकिङ्ग कसुर सम्बन्धि मुद्दामा पाटन उच्च अदालतले तीन दिनभित्र उपस्थित गराउन आदेश दिएको हो । खत्रीसहित ५ जनाको मिलेमतोमा एक करोड असी हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी कृते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय, भोजपुरमा पेश गरेको अदालतको ठहर भएर नै नीजहरुलाई पक्राउ आदेश जारी भएको हो । यसरी जनताका प्रतिनिधि त्यहि पनि मन्त्रीजस्तो जिम्मेवार पदमा वसेका व्यक्तिहरु नै यस्ता किसिमका अवैध धन्दामा लाग्ने नियत देखाउछन् भने प्रशासनिकलगायतका अन्य क्षेत्रहरुमा जनताले तिरेका करमाथि ऐस आराम र विलासीका गाडी, भौतिक सामानहरु किनवेच गरी कति दोहन गरिराखेका होलान त्यसको लेखाजोखा अव यो सरकारले निश्पक्षरुपमा गरेपछि थाहलाग्ला र जनताले हेर्न बाँकि नै छ । सरकारले यस्ता नैतिकताको धरातल नाघेर विचौलियाको आडमा जे मन लाग्यो त्यहि गर्दै हिड्ने जनप्रतिनिधि खोजेकै होइनन् !
जनप्रतिनिध त कस्ता हुनुपर्दछ भने
१. सर्वप्रथम तः कुनैपनि जनप्रतिनिधि कस्तो छ भन्ने कुरा उसको पारिवारिक वातावरण र सँस्कार कस्तो छ, त्यसको पहिचान हुनु जरुरी छ किनकी जनताको प्रतिनिधि हुनलायक व्यक्ति त्यो हुन्छ जो असल संस्कार भएको परिवारमा हुर्केको हुन्छ ।
२ जनप्रतिनिधि हुनलायक व्यक्ति नैतिकता र सदाचारिताको पाठ सदैव जानिराखेको हुनुपर्दछ ।
३, शिक्षाको उज्यालो प्रकासबाट वञ्चित नभएको होस् किनकी जो व्यक्ति पढे लेखेको हुन्छ उसको विवेकसिलतामा कमि आउँदैन ।
४ जनप्रतिनिधिले असल र खराव छुट्टयाउन सक्नुपर्दछ, भ्रष्ट कर्मचारीको मिलेमतोमा नलागी सदैव भ्रष्टाचार विरुद्धको आन्दोलनमा सरिक हुन सक्नुपर्दछ तव मात्र आर्थिक कारोवार गर्दा अनियमितता हुदैन र भष्टाचारको पश्रचिन्ह खडा हुनै पाउँदैन ।
५ विलासिताको जिवन जस्तै सरकारी सेवा सुविधा पाइयो भन्दैमा एउटा गाउँपालिकाको अध्यक्षले पनि पजेरो चढन थाल्यो भने जनताबाट उठाइएको करको के मुल्य ? अनि जनताको नाउँमा विकास गर्छु भन्नुको के औचित्य ?
६ विकास खर्चको लागि राज्यको ढुकुटीमा जम्मा भएको रकमलाई साधारण खर्चकोरुपमा कार्यालयमा भौतिक सामाग्रीहरु, विभिन्न किसिमका गाडीहरु किन्ने मनसायका जनप्रतिनिधि जनताले रुचाउँदैनन र अहिले जनताको मुख्य आक्रोस र विमति पनि यसैमा हो ।
७ जनप्रतिनिधि यस्तो होस् जसले साधारण टाउको दुख्दा पनि उपचारको लागि विदेस सयर नगरोस् सर्वसाधारण जनता जुन अस्पत्तालमा जान्छन् त्यहि उपचार गरोस् यदि कुनैपनि अस्पत्ताल उपचारमा कमजोर छन् भने सुधार्न सक्नेहोस् ।
८. छिमेकीको अगाडि परिवारलाई खुशि र पौचवाला देखाउनको लागि अनावश्यकरुपमा विदेस भ्रमण गरी राज्यको ढुकुटी स्वाहा पार्ने जनप्रतिनिधि नहुन् किनकी जुन प्रतिनिधिमा भाषा र सम्बन्धित विषयको राम्रो ज्ञान छैन त्यस्ता प्रतिनिधिले दलाल खेताला साथमा लगि विदेसबाट लिएर आएको ज्ञानको कुनै अर्थ छैन ।
९. जीवनभरी पार्टी र देसको लागि मरिमेट्ने जनता तथा कार्यकर्तालाई पाखा लगाई उछिट्टिएर रहेका दलाल भु माफियालाई साथमा राखि आप्ना साला साली, भतीजा या भतिजीलाई स्वकिय सचिव राख्ने प्रकृतिको जनप्रतिनिधि नहुन् ।
१०. विकासको नाउँमा कुनैपनि जनप्रतिनिधि डोजर मालिक नहुन् ।
११. असारे विकासले नै सम्पूर्ण निकास मिल्छ भन्ने जनप्रतिनिधिको कुनै काम छैन ।
१२. भिजन र मिसन नभएका जनप्रतिनिधि मकैको डोढजस्ता हुन् किनकी न टेक्न मिल्छ न त छेक्न नै ।
१३. जनप्रतिनिधि पार्टीमुखी नभई जनतामुखी र राष्ट्को समग्र विकासको लागि टेवा दिनसक्ने खालका होउन्
तवमात्र जनताले आफुले .खोजेकोजस्तो सच्चा जनप्रतिनिधि पाउँछन अनि समृद्ध नेपाल, सुखि नपालीको नाराले सार्थकता पाउँछ न कि भ्रष्टाचारले अनि जनताले चाहेका र जनप्रतिनिधिबाट अपेक्षा गरिएका कुराहरु पहिलो प्राथामिकतामा शिक्षा र स्वास्थ्य निशुल्क र गास, वास, कपास, रोजगारी, शान्ति सुरक्षा आदि पाउन सकिन्छ अनि देस विकासको गतिमा अगाडि वढ्न कुनै आइतवार कुर्नुपर्दैन ।