श्रावण ३०, काठमाडौं । आज विहिबार दिउँसो देशका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै मध्य तथा पुर्वका पहाडी भू(भागमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी भू(भागका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।यस्तै राती देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा मध्य भू(भागका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
मौसम विश्लेषण
मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थानमा छ। मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत स्थान (Normal position) भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म (Head of Bay of Bengal) जनाउँछ।
देशभर समग्र मौसमको अवस्था
हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन रचट्याङ्ग वाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिमी भू(भागका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्धी हुन सक्ने भएकोले नदि आसपासमा रहनेहरु सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरोरभू(क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।