असार ३०, सुर्खेत । नेपाल आदिवासी जनजाती जिल्ला समन्वयन परिषद सुर्खेतको नेतृत्वमा आज लोकसेवाको विज्ञापनविरुद्व सिठी जुलुस गरिएको छ । जुलुसमा पूर्व राज्य मन्त्रि खड्कबहादुर बस्यालसमेतको सहभागिता रहेको थियो ।
पूर्व स्वास्थ्य तथा राज्य मन्त्रि खड्कबहादुर बस्यालले उक्त जुलुसको कोण सभालाई सम्बोधन गर्दै अधिकार खोज्दा समेत चुप लाग्यो भने,अधिकार कहिले पाउदछौं भनेर प्रश्न गरे ।
उनले यदि यसरी नै जनजाति, आदिवासी, दलित, अपांग, मधेशी, मुस्लीम, पिछडा वर्गहरु माथी अत्याचार गर्दे गएमा आन्दोलनले उग्र रुपले लिन सक्ने भन्दै उक्त समयमा हुन जाने क्षतिको जिम्मा सरकारले लिनु पर्ने बताए।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वयन परिषद सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकायले लोकसेवा आयोगमा पाउदै आएको आरक्ष सिटहरुलाई संविधानको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले सुचना प्रकाशित गरी अपहेलना गरेको कारणले केन्द्रिय कार्यक्रम अन्तर्गत आफूहरुले चरणबद्ध आन्दोलन गर्न बाध्य भएको बताए ।
संविधानको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले प्रकाशित गरेको असमावेसी विज्ञापन र प्रकृया तुरुन्त रद्द गरी आरक्षण सुनिश्चितता सहितको विज्ञापन अविलम्ब पुनः प्रकाशित गराउनका लागि आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपांगता भएका व्यक्ति,पिछडिएको क्षेत्रले असार ३० गते ९आज० आन्दोलनको तेस्रो दिन सिठी जुलुस गरेको हो ।
यसैगरी केन्द्रीय कार्यक्रम अनुसार भोली ३१ गतेका दिन जुलुस सहित विशाल र्याली प्रदर्शनी ,साउन २ र १० गते नेपाल बन्द गरी थप आन्दोलनका कार्यक्रमहरु अगाडी बढाइने भएको छ ।
सुर्षेतको वीरेन्द्रनगर बजार मंगलगढी चौकबाट शुरु भएको सिठी जुलुसले वीेरेन्द्रनगर बजार परिक्रमा गरी वीेरेन्द्र चौकमा कोण सभा गरी सम्मपन्न गरेको सिठी जुलुसमा जनजाति, आदिवासी, दलित, अपांग, मधेशी, मुस्लीम, पिछडा वर्गका अगुवाहरुको सहभागिता रहेको थियो ।