• २०८१ माघ २६ गते शनिवार

कन्चनपुर सिचाईमा लाखौ रकमको घुस चलखेल, कार्यालय प्रमुख अख्तियारको नियन्त्रणमा

पढ्न लाग्ने समय : २ मिनेट

असार ३०, कन्चनपुर । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, कञ्चनपुरका कार्यालय प्रमुख सि.डि.ई. अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्ना उपर अख्तियारले आरोप पत्र दायर गरेको छ ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कञ्चनपुरका कार्यालय प्रमुख सि।डि।ई। अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्नाले निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको रनिङ बिल फर फारक गराई दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीले कार्यालय प्रमुख सि.डि.ई. अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्नालाई सेवाग्राहीसँग रू. २,००,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको हो ।

उनिहरुमाथि थप अनुसन्धान हुँदा सि.डि.ई. अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्नाले भिमदत्त नगरपालिका वडा नं. १९ स्थित चौधर नदी नियन्त्रण योजनाको पहिलो रनिङ विल फरफारक गरेवापत सेवाग्राहीसँग घुस र रिसवत माग गरी लिई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स(प्रमाण पुष्टि हुन आएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनिहरूलाई जनही विगो रू.२,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस