असार ३०, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मुख्यमन्त्री शाहीले प्रदेश सरकारले विश्वविधालयका लागि भरपूर सहयोग समेत गर्ने प्रतिबद्धता गरेका छन् ।
मध्यपश्चिमान्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (मुसोम) द्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित अन्तराष्ट्रिय ब्यवसायिक सम्मेलन लाई उद्दघाटन गर्दै उनले यस्तो बताएका हुन । उनले शिक्षाको बिकास बिना समाज बिकास नहुने दावी गरे । मानव जातिको विकास शिक्षाकै जगमा भएको बताएका छन् । मुख्यमन्त्री शाहीले कयौं प्रतिकूलताका बाबजुद पनि कर्णाली प्रदेश जस्तो दूरदराज सम्म शिक्षाको ज्योति फैलाउनका लागि उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कुमार कोइरालाले गरेको उल्लेखनीय योगदानको कदर हुनुपर्ने बताए ।
सम्मेलनमा आयोजक मध्यपश्चिमान्चल विश्वविद्यालय लगायत नेपाल–भारतका विभिन्न विश्वविद्यालयहरुबाट ब्यवस्थापनसँग सम्बन्धित बहुआयामिक विषयका प्राज्ञहरु सहभागी छन । दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, अमेरिका स्थित विभिन्न विश्वविद्यालयका विषय विज्ञहरुद्वारा झन्डै ६५ वटा कार्यपत्र प्रस्तुत गरिदै छ ।