असार ३०, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६ ७७ का लागि ल्याएको बजेट संसदबाट पारित भएको छ । कर्णाली प्रदेशसभाको आइतवार बसेको चौँथो अधिवेशवको २२ औँ वैठकबाट सरकारले सांसदहरुको सुझाव अनुसार बजेट संशोधन गर्ने सहमति जनाएपछि सदनबाट पारित गरिएको हो ।
२९ दिन अघी अर्थात असार १ गते कर्णाली प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए ।
आजै कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको कर्णाली प्रदेश विनियोजन विधेयक २०७६ र उक्त विधेयकसँग आश्रित अन्य दुई वटा विधेयक पनि पारित भएका छन् । सांसदहरुको माग अनुसार संशोधनको प्रतिवद्धता सरकारले गरेपछि बजेट पारित गरिएको हो ।