• २०८१ कार्तिक २६ गते सोमवार

हरीवोल गजुरेलको लेख पढ्दा

पढ्न लाग्ने समय : ३ मिनेट
  • खिमराज गिरी

गत बुधवार एक राष्ट्रिय दैनिक पत्रिकामा हरीवोल गजुरेलद्धारा लिखित ” राजनैति आकाशमा कालो बादल ” लेख पढि केहि लेख्न मन लाग्यो । वास्तवमा लेखकले अतीतका तीता मिठा राजनैतिक अभ्यासहरु र नेपालमा विभिन्न राजनीतिक पार्टीहरुले विगत लामो समयदेखि सत्ताको स्वाद चाखेका र विपक्षिको रुपमा खेलेका भूमिका अनि राजनीतिक निष्ठा सिद्धान्तमा मात्र नभई व्यबहारमा पनि सवै राजनीतिक पार्टीका नेतालगाएत आम कार्यकर्ता र सचेत जनताले देखाउनुपर्ने कर्तव्य र बुढो गोरुले भकारो ओगटेजस्तै राजनीतिको शीर्ष तहमा उमेर लगभग ढल्किन लाग्दा पनि अहिलेका नयाँ पुस्ताहरुलाई कार्यभार नसम्हालेको विषयप्रति लेखको आशय ढल्केको र देस विकासको गतिमा विभिन्न राजनीतिक पार्टीले देखाएका चरित्रवारे स्पष्टरुपमा मर्मस्पर्सी तरिकाले आप्नो धारणा व्यक्त गरेका छन् र उनको यो लेखप्रति हामी जनता आभार प्रकट गर्न चाहान्छौं ।

हुनपनि नेपालमा विगत लामो समयदेखि जुनसुकै राजनीतिक पार्टीका नेताहरुले जीवनको अन्तिम अवस्थासम्म पनि घरले जा जा, अनि वनले आइज आइज भन्ने समयमा पुग्दा पनि राजनैतिक नेतृत्वको लगाम नछोड्ने प्रवृत्तिले गर्दा आज सारा युवाहरुलाई राजनीतिप्रति घृणा पैदा भएर आएको तीतो सत्यलाई जो कोहिले पनि नकार्न सक्ने अवस्था छैन र त आज दैनिकजसो कयौं युवाहरु विदेसीन वाध्य भइराखेको अवस्था छ ।

भनिन्छ नि ”जुन देसमा उर्जाशील युवा शक्ति विदेसिन्छन्, त्यो देसमा पुरानो राजनैतिक संकृर्ण विचारले जरो गाडेको हुन्छ ” यसैले त न देस र जनताको हितको लागि दीर्घकालिन रणनीतिका महत्वपूर्ण निर्णयहरु हुनसक्छन् न त देसमा भएका जमिन, जंगल, जल, जडिबुटी, जनावर आदिको सहि सदुपयोग हुनसक्छ ।

तसर्थ आज सत्ताधारी या विपक्षी दलका शिर्ष नेताहरुलगाएत जिम्मेवार कार्यकर्ताहरुले आम नेपाली जनताको मनमा दैनिकजसो सामाजिक संजालमार्पmत नैराश्यताको वादल नछाइकन सवै मिलि, विना स्वार्थ देश विकास र सारा नेपालीलाई समृद्धी छाउन सक्ने खालको वातावरण ल्याउनकोलागि जनताका न्युनतम आवश्यकता गास, वास, कपास,शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरु जुटाउन जल, जमीन, जंगल, जडिवुटी, जनावर आदिको सहि सदुपयोग गर्ने कार्यमा प्रयत्नसील रहि सृजनसील युवा शक्तिलाई विदेश जानबाट रोकी राजनीतिकलगाएत हरेक क्षेत्रमा हरेक पाटीले युवाहरुलाई जिम्मेवार हस्तान्तरण गर्न सक्ने हो भने सम्झनुहोस् कि आजको केहि वर्षमा नेपालको मुहार अवश्य फेरिन्छ ।

तर यहाँ त पुरानो राजनैतिक संकीर्ण विचारले ग्रसीत हाम्रोजस्तो अविकसित देसमा जवसम्म युवा पुस्तालाई देसका हरेक क्षेत्रमा अग्र पंक्तिमा राखिन्न तवसम्म विकासको नारा केवल नारामा मात्र सीमित रहन्छ र समृद्धिको यात्रा अकवर विरवलको कथाजस्तो वाँसको टुप्पामा कसौडी राखी फेदमा आगो लगाएर भात पकाउन वसेजस्तो हुनजान्छ र जनताको मनमा पनि सँधै ”खोपाको स्याउ, चर्पीको हाउ” को हाउगुजीले सताउन थाल्दछ ।

यसैले आजकै मितिवाट सत्तपक्ष र प्रतिपक्षलगाएत आम वुद्धिजिवी, मानवधिकारवादी, सामाजिक अभियन्ता सवैले यो प्रण गरौं कि देस हित र जनताका पक्षमा वकालत गर्ने नाउमा साधारण कुराहरुलाई पनि मुद्धा वनाएर माइतिघर मन्डला र सार्वजनिक यातायातमा सर्व साधारण जनतालाई असर पर्ने गरी सडकै जाम गरी गरिने अवरोध निराधार हो र कुनै पनि समस्याको समाधानको लागि सरकार, विपक्षी दल र अन्य बुद्धिजीविहरु एउटै टेवलमा वसी समस्याको समाधान खोज्न सकिने विगतका कयौं उदाहरणहरुको स्मरण गरी कसैले आप्नो शक्ति र सत्ताको लागि अनि आम सर्वसाधारण जनतालाई भोटबैंककोरुपमा प्रयोग गर्ने नियतिले धमिलो पानीमा माछा मार्न खोज्छ भने त्यो भन्दा अधर्म र अनैतिक काम अरु केहि पनि नहुने हुँदा सवै राजनैतिक पार्टीहरुले गणतन्त्र ल्याउनको लागि विगतमा खर्चेको अमुल्य समय र योगदानलाई नभुली गास छाडे पनि साथ छोड्यो भने जनता र देसलाई नै धोका हुने र विदेसी शक्तिले खेल्ने मौका पाउने यथार्थ सत्यलाई कसैले पनि भुल्न हुँदैन ।

लमजुङ्ग, मध्यनेपाल न.पा.२
हालः काठमाण्डौ,
९८५११९२०८८

प्रतिक्रिया दिनुहोस