• २०८१ माघ २६ गते शनिवार

इन्द्रसरोबरमा पानीको सतह बढेपछि ड्यामको ढोका खोल्ने तयारी

पढ्न लाग्ने समय : १ मिनेट

असार ३०काठमाडौं  नेपालको एकमात्रै मानव निर्मित जलाशय इन्द्रसरोबरमा पानीको सतह बढेपछि ड्यामको ढोका खोल्ने तयारी भएको छ ।

मकवानपुरको इन्द्रसरोवर २ कुलेखानीमा रहेको नेपाल विद्युत प्राधिकरणको जलाशयमा प्रति घण्टा दुई मिटरको दरले पानीको सतह बढेर भरिन थालेपछि ड्यामको ढोका खोल्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सोमबार ८ बजेदेखि नियन्त्रित रुपमा निकास गरिने जनाएको छ ।

पानीको सतह बढ्दै गएको र ड्याममा क्षति पुग्न सक्ने अवस्था आएपछि पानी निकास गर्न लागिएको प्रशासनको भनाई छ ।

पानी निकास गर्दा बहावले असर गर्ने तल्लो भेग अन्तरगत मकवानपुरको इन्द्रसरोबर, भीमफेदी र बागमति गाउँपालिकासहित सिन्धुली, रौतहट र सर्लाहीका नदि किनारका बासिन्दालाई सर्तक रहन भनिएको छ ।

सरोबरमा १५ सय ३० मिटर पानी भण्डारण गर्ने क्षमता रहेको छ । ड्याममा पानीको सतह अहिले १५ सय २५ दशमलव ७५ मिटर रहेको छ ।

चार बर्षअघि पनि कुलेखानीको सतह १५ सय २८ मिटर पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस