जेठ ३२, सुर्खेत । विरेन्द्रनगर नगरपालीका ३ अन्नपुर्ण टोलमा सडकका विषयमा विवाद हुदा सडक अवरुद्ध भएको छ । नगर प्रमुख देव कुमार सुवेदीको घर अगाडी नै स्थानीय आफैले सडक खनी विरोध जनाएका छन ।
नगरप्रमुखले केही व्यक्तिको स्वार्थका लागी पुरानो संरचनालाई बेवास्ता गरेको स्थानीय विक्रम नेपालीले आरोप लगाए । पहिलेको संरचना अनुरुप सडक निर्माण नगरिए सडक सुचारु हुन नदिने स्थानीयको आरोप छ । नगर प्रमुख संगको सहमतिमा ८ मिटर सडक निर्माण गर्ने निर्णय भएपनि कार्यान्वयन नगरिएको उनको भनाई छ । स्थानीय शसिराम आचार्य र गणेश न्यौपाने व्याक्तिगत स्वार्थका लागी सडक अतिक्रमण गरि नाली विस्तार गरेको टोल वासिको भनाई छ । नगर प्रमुखले पुरै टोलवासिलाई सडकको पहुच वाट वन्चीत बनाउन खोजेका अर्का स्थानीय हेम थापाले बताए । नगरप्रमुखले माग वेवास्ता गरे उहाकै घर अगाडी विरोध प्रर्दशन गर्ने चेतावनी समेत स्थानीयको छ ।
यता नगरप्रमुख देव कुमार सुवेदीले सहमतिमा ४ मिटर वाटो निर्माण गर्ने भनिएको तर हाल नगरपालीकाको मापदण्डमा ६ मिटर वाटो निर्माणको पक्रिया चलेको बताए । दुई पक्षको सहमतिमा अगाडी लैजाने उनको भनाई छ । पुरानो सडक ४ मिटर भएको र नयाँ ६ मिटर बनाउनुपर्ने न्युनतम मापदण्ड बमोजिम अघि वढ्ने जवाफ दिए । स्थानीयहरु विचको व्याक्तिगत विवाद भएकोले आफुले सवै कुरा मिलाउन नसकेको नगर प्रमुख सुवेदीको भनाई छ ।