जेठ २९, दैलेख । पछिल्लो समय चाहे प्राय सबैखाले कार्यक्रमहरु ठु–ठुला होटेल,सभाहलहरुमा गर्ने प्रवृती निकै बढेको छ । हरेक कार्यक्रम हुनु भन्दा पहिलानै होटेलमा खानपिनको व्यबस्था अडर भैसकेको हुन्छ ।
केहिकेहि कार्यक्रम आयोजकले त हरेक कार्यक्रममा चियापन मा मात्रै सिमित कार्यक्रम गरेका हुन्छन् भने केहिले गरिब विपन्नलाई सहयोग गरेको देखिन्छ ,। कसैले आफ्नो जन्मोत्सवको अवसरमा न्यृन आर्थिक अबस्था भएका बस्तीमा गएर मनाउने गर्छन । यस्तै नेपाल महिला संघ दैलेखले एक नेतृको स्मृति दिवसको अवसरमा दैलेख जिल्ला कारागार भित्र रहेका कैदीबन्दीको मुहारमा थोरै खुःसीका क्षण प्रदान गर्न उनीहरुलाई आवाश्यक सामग्री हस्तान्तरण गरेको छ ।नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ शैलजा आचार्यको १०औँ स्मृति दिवसका अवसरमा नेपाल महिला संघ दैलेखले सामाग्री हस्तान्तरण गरेको हो ।
आचार्य नेपालको पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसकी वरिष्ठ नेतृसमेत हुनुहुन्थ्यो । उहाँको अमुल्य योगदानको सम्मान गर्दै १५ थान कुर्सी, एक भलिबल, एक थान फिल्टर, एक थान घडी, आठ झुल कैदीबन्दीलाई हस्तान्तरण गरिएको नेपाल महिला संघ दैलेखकी अध्यक्ष सिताकुमारी रानाले बताउनुभयो ।राज्यको स्मृति दिवसका अवसरमा नेपाल महिला सङ्घ दैलेखले कारागारका कैदीबन्दीलाई निकै सहानिय कार्य गरेको छ । साथै कारागारका महिला कैदीबन्दीलाई स्तनपान गराउन सहजताका लागि दुई थान पर्दा समेत प्रदान गरिएको अध्यक्ष रानाले बताउनुभयो । महिलालाई आत्म सुरक्षाका लागि सेनेटरी प्याडलगायतका सरसफाइ सामग्री प्रदान गरिएको छ ।
यसैगरी मनोरञ्जनका सामग्रीमा मादल र खैजडी हस्तान्तरण गरिएको छ ।, महिला संघले कैदीबन्दीको मनमा केहि खुःसीका रङगहरु छर्न कारागारमा पुग्यौँ ,’अध्यक्ष रानाले भन्नुभयो । उक्त सामाग्रीले उनीहरुको जीवनै परिर्वतन त नहोला तर, केहि सहज वातावरण बन्ला ,उहाँले भन्नुभयो । नेपाली समाजमा अब सबैको सोच परिर्वतन हुन जरुरी छ , थोपा, थोपा मिलेर सागर बनेझैँ ,अहिले पनि दुरदराजका नागरिकको अबस्था दयनिय छ ,रानाले भन्नुभयो उनीहरुको अबस्थामा केहि खुःसीको क्षण जाग्छ ,भने घाउमा मलम लगाउन भएपनि महिला संघ सधै सहयोग गर्नमा पछि नहट्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
कैदीबन्दीका लागि सहानिय कार्य गरेकोमा कारागारका जेलर जीतबहादुर खत्रीले महिला संघ दैलेखलाई धन्यवाद दिनुभयो । कारागारका कैदी प्रमुख मानबहादुर नेपालीले कैदीबन्दीलाई मनोविमर्श तालीम आवश्यक परेको बताउनुभयो । उहाँले कारागारमा थुप्रै किताबहरु भएको तर किताब राख्न दराज नहुँदा समस्या भएको बताउनुभयो ।