• २०८२ बैशाख ५ गते शुक्रवार

रौतहटमा तत्कालिन गा.वि.स.सचिवहरु घारा आर्थिक हिनामिना

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३२, रौतहट । रौतहटको विभिन्न गा.वि.स.हरूमा अर्धसरकारी अनुदान रकम तथा सामाजिक सुरक्षा भत्ता, स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग भई भ्रष्टाचार र अनियमितता भएकोले सम्बन्धित पदाधिकारी एवं कर्मचारी माथि आवश्यक छानविन भएको छ ।

छानबिनमा साविक भसेढवा गा.वि.स.का तत्कालीन सचिवहरू जवाहरलाल झा, जयचन्द्रप्रसाद जयसवाल र प्राविधिक सहायक अखिलेन्द्रकुमार यादवले नेपाल सरकारबाट प्राप्त सरकारी बजेट रकम खर्च गर्दा न्यूनतम रूपमा अवलम्बन गर्नुपर्ने विधिसमेत अवलम्बन नगरेको, खर्चको पुष्ट्याई हुन नसकेको, विल भरपाईको प्रमाणिकता पुष्टि हुन नसकेको, सामाजिक सुरक्षा भत्तावापत वितरण गर्नुपर्ने रकम आफ्नै वा अरु कसैको औठाछाप प्रयोग गरी आफैले बुझिलिई सरकारी रकम हिनामिना तथा हानिनोक्सानी गरेको समेत देखिएको छ ।

उनिहरुले भसेढवा गा.वि.स. को चालु तथा पुँजीगत खर्च हिनामिना, हानिनोक्सानी गरी तथा सामाजिक सुरक्षा भत्ताको रकम आफैले बुझिलिई सार्वजनिक सम्पत्तिको हिनामिना, हानिनोक्सानी, दुरुपयोग गरेको देखिएको होृ । उनिहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएकोले कानुन बमोजिमको सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुयो ।

प्रतिक्रिया दिनुहोस