• २०८२ जेष्ठ २ गते बिहिवार

दाङको सम्राट सिमेन्टले लियो ३ जना भारतीय नागरिकको ज्यान

पढ्न लाग्ने समय : १ मिनेट
  • खबर 24 नेपाल ५. ब्युरो टिम

जेठ ३२, दाङ। निर्माणाधिन सम्राट सिमेन्टमा मजदुर गर्दै आएका ३ जना भारतीय नागरिकको मृत्यु भएको छ ।

निर्माणाधिन सम्राट सिमेन्ट उद्योगमा बिम भाँचिदा तीन मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घाइते मध्य दुईजनाको अवस्था गम्भीर रहेको र एकजना उपचारपछि डिस्चार्ज भइसकेका छन ।

मृत्यु हुनेमा भारतको  झारखण्ड प्रदेशको राँची जिल्लाको पगलपुर निवासी ४५ वर्षीय मंगल केस्यव, २२ वर्षीय दयाल हरेन्द्र  ४६ वर्षीय लाल साहेव रहेका छन् । तीन जनाको उपचारको क्रममा लमहीमा साढे ४ बजे मृत्यु भएको र दुर्घटनामा परि घाइते हुनेमा २२ वर्षिय दिपेन गोडा, २३ वर्षिय  अजय हेरेन्द्र र ४६ वर्षिय नरेन्द्र साईवेन छन् ।

घाइते मध्य हेरेन्द्र र साईवेनको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन्। घाइते दिपेन गोडालाई लमहीमा प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको र घाइते दुई जना हेरेन्द्र र साईवनलाई प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवल रेफर गरिएको एसपी पाण्डेले बताएका छन।

दाङको लमही नगरपालिका वडा नम्बर ७ मा रहेको निर्माणाधिन सम्राट सिमेन्ट उद्योगमा सो दुर्घटना शनिवार विहान साढे एक बजेतिर भएको र घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस