जेठ १, मकवानपुर । मकवानपुर साविक धियाल गा.वि.स. वडा नं.२ हालको बकैया गाउँपालिका वडा नं. २ मा रहेको ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मर्दन सिं थिङसहित ठेकेदार, वन समिति र वन कार्यालयसमेतको मिलेमतोमा करोडौं हिनामिना भएका छ ।
अवैधानिक रूपमा १११५४।४९ हजार क्यू।फिट काठ कटानी आदेश लिएको, २० लाख भन्दा बढी रकम विभिन्न निकायमा बाँडेर १५० भन्दा बढी सालका हरिया रूख काटी गोलिया हिनामिना गर्न लागेको भन्नेधसमेत ब्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान यस्तो खुल्न आएको हो ।
ब्रम्ह सामुदायिक वनमा ५३ प्रतिशत साल र ४७ प्रतिशत अन्य जातका रुखहरू रहेकोमा साल जातका रुखहरू मात्र हावाहुरीका कारण ढलापडा भनी छपान गरेको, उक्त ब्रम्ह सामुदायिक वनका रुखहरूको औषत १२ क्यूबिक फिट रहेको तर २६२ वटा रुखहरूको जम्मा ११२५१।४९ क्यू.फिट देखिएबाट सालका रुखहरू मुल्यवान हुने भएकोले साल जातको मात्र छपान तथा कटान गरिएको, वनको ब्यबस्थापनका लागि ढलापडा सबै जातका रुखहरूमा छपान नगरेको, उक्त वनमा भएको अनियमितताको अनुसन्धान गर्ने क्रममा ३५ थान साच्चिकै ढलापडा रुखहरूको नाप लिँदा ७०० क्यू.फिट देखिएको आधारमा २६२ वटा रुखको जम्मा ५,३२० क्यू.फिटको हाराहारीमा हुनुपर्ने हो तर छपान गर्दा ११२५१।४९ क्यू. फिट गरिएकोले सालका सग्ला रुखहरू कटान गर्ने बद्निायतले छपान गरेको, नियमावलीले निर्देशन गरेको समयअनुसार नगरेको, छपान निरीक्षण तहगत रुपमा तल्लो तहबाट गल्ती भए माथिल्लो तहबाट सुधार गर्ने भन्ने मनसायले भएतापनि दुईवटा निकाय क्षेत्रीय वन निर्देशनालय, हेटौंडा र डिभिजन वन कार्यालय, हेटौंडाबाट संयुक्त निरीक्षण गरेको भएता पनि खटिएका कर्मचारीहरूले न्यूनतम प्रक्रिया समेत पूरा नगरेको, ठेकेदारको उपस्थिति काठदाउरा सकंलन भएपश्चात ठेक्काट प्रक्रियामा मात्र देखिनु पर्नेमा छपान, कटान मुछान हुनुपूर्व नै ठेकेदारहरू देखिएको,ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहको बैठकबाट ढलापडा काठदाउरा संकलन गर्ने भनी निर्णय गर्नुपूर्व नै संकलन सहमति दिइएको पाइएको हो ।
डिभिजनल वन अधिकृत प्रल्हाद प्रसाद धिताल, सहायक वन अधिकृत विशाल भट्टराई, सहायक वन अधिकृत टंक नारायण श्रेष्ठ, सहायक वन अधिकृत नारायण बहादुर कार्की, अवकाश प्राप्त सहायक वन अधिकृत मोहन बहादुर खड्का, सहायक वन अधिकृत राजेन्द्रमान राजभण्डारी, सहायक वन अधिकृत दशराम चौधरी, रेन्जर राजु लामा, फरेष्टर ब्रहमदेव यादव र वन रक्षक देवि प्रसाद गौतम, होटल सामना प्रा.लि. हेटौंडा ४, मकवानपुरका संचालक सानुकाजी आचार्य, सामना काष्ठ उद्योग गाईघाट, उदयपुरका संचालक सुरज आचार्य, ब्रम्ह सामुदायिक वन उपभोक्ता एवं सल्लाहकार जिवन भन्ने भिम बहादुर थिङ, ब्रम्ह आधारभूत विद्यालय, बकैया २ मकवानपुरका तत्कालीन प्रधानध्यापक राजन भन्ने राम बहादुर घोरसाईनी, काठ ठेकेदार केशव भन्ने इन्द्रमणि तिमल्सिना, काठदाउरा संकलन गर्ने प्रयोजनका लागि गठित समितिका संयोजक बुद्ध बहादुर लोप्चन, सदस्यहरू सोम बहादुर तिमल्सिना, सूर्ज बहादुर जिम्बा भन्ने सूर्य बहादुर जिम्बा, ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मर्दन सिं थिङ, कोषाध्यक्ष शुक्र बहादुर भोलन भन्ने शुक्र बहादुर भुलनको प्रत्यक्ष योजना, मिलेमतो र संलग्नतामा २६२ वटा ढलापडा साल जातका रुखहरूमा मात्र छपान गरेकामा उल्लेखित छपान गरेका रुखहरू मात्र कटान गर्नुपर्नेमा बदनियतपूर्वक छपान गरेका रुखहरूको आसपासमा नै रहेका अन्य छपान नगरेका हरिया सग्ला खडा साल जातको २०८ वटा रूखहरू कटान गरी गोलिया ८८७ थान टुनटुक्रा पारी ९४९७।७८ क्यू.फि. काठको मूल्य अभिवृद्धि करबाहेक रू.एक करोड अन्ठाउन्न लाख सहत्तरी हजार सात सय नव्वे रूपैया अडतिस पैसा राष्ट्रिय वनभित्रको वन पैदावार कटान गरी हानिनोक्सानी पुर्याएको पुष्टि हुन आएको हो ।
उनिहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार देहाय बमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।