जेठ १, काठमाडौं । रोङ गाँउपालिका साविकको जिर्मले, इरौटार, कोल्बुङ र शान्तिपुर गा.वि.स मिलाएर हालको रोङ गाँउपालिकाको निमार्ण भएको हो ।
लाप्चा जातिको भाषाबाट नामाकरण गरिएको यस गाउँपालिकाको केन्द्र कोल्बुङ गाविस भवन रहनेछ। रोङ गाँउपालिकाको क्षेत्रफल १५५.०६ वर्ग कि.मी रहेको छ । १९ हजार १ सय ३५ जनसंख्या रहेको गाँउपालिकामा ६ वटा वडा रहनेछन्। । जसमा,
वडा न. १ माः साविकको शान्तीपुर १,२,४–६,८,९
वडा न. २ माः साविकको शान्तीपुर ३,७
वडा न. ३ माः साविकको इरौटार २,४ र कोल्बुङ १,२,५–८
वडा न. ४ माः साविकको इरौटार ३ र कोल्बुङ ३,४,९
वडा न. ५ माः साविकको इरौटार १,५–९
वडा न. ६ माः साविकको जिर्मले १–९, रहेका छन् ।
पूर्वमा भारत, पश्चिम र उत्तरमा सूर्योदय न.पा र दक्षिणमा झापा जिल्ला गाउँपालिकाको सिमानाको रुपमा रहेका छन् । धार्मिक, पर्यटकिय एवं कृषिका लागी ईलाम जिल्लामा मात्र नभई नेपालभर यस गाँउपालिका प्रसिद्ध रहेको छ ।