• २०८० असोज ४ गते बिहिवार

भेरी नगरपालिकामा प्रथम मेयर म्याराथुन दौड प्रतियोगिता, मेयर म्याराथुनको उपाधि दुर्गाराज र सीता कुमारीलाई

पढ्न लाग्ने समय : ५ मिनेट
  • रेशम बहादुर खडका 

जेठ १, जाजरकोट । प्रथम मेयर म्याराथुन प्रतियोगितामा पुरुषतर्फ रुकुम पश्चिमका दुर्गाराज बुढामगर प्रथम भएका छन् भने महिलातर्फ नेपाली सेनाकी सीता कुमारी शाही प्रथम भएकी छन्। मंगलवार भेरी नगरपालिकाले आयोजना गरेको म्याराथुन प्रतियोगितामा बुढा र शाही प्रथम भएका छन । खलंगाको थाप्लेचौरदेखि बोहरा पुगेर पुनः थाप्लेचौरमा पुग्ने गरी आयोजना गरिएको प्रथम मेयर म्याराथुन दौडको उपाधि बुढा र शाहिले हात पार्न सफल भएको आयोजकले जनाएको छ ।

एक सय ५ जना सहभागीलाई पछि पादै बुढाले ३६ मिनेट ५४ सेकेन्डमा १० किलोमिटर दूरी पार गदै प्रथम पुरस्कार हात पारेका हुन् । यस्तै महिला तर्फ सुर्खेत पञ्चपुरी–१ कि २४ बर्षिय सिता कुमारी शाही प्रथम स्थान हासिल भएकी छन । शाहीले थाप्लेचौर देखि बोहरा सिमीको रुख हुदै थाप्लेचौरसम्म झण्डै १० किलो मिटरको दुरि ४७ मिनेट ५६ सेकेण्डमा पुरा गरेकि थिईन् । शाही नेपाली सेनाको ज्वाला दल गणमा कार्यरत छिन् । उपाधी जित्दै प्रथम स्थान हाँसिल गर्ने दुवैजनाले २० हजार नगद पुरस्कार हस्तान्तरण गरिएको छ ।

यस्तै दैलेख डुङ्गेश्वर गाउँपालिका–४ का १९ बर्षिय टेकेन्द्र कुमार थापा द्धितिय भएका छन । नेपाली सेनाको ज्वाला दल गणमा कार्यरत थापाले उक्त दुरि ३८ मिनेट ५९ सेकेण्डमा पार गरेका थिए । जाजरकोट शिवालय गाउँपालिका–८ का २२ बर्षिय दिपक कठायत तृतिय भएका थिए । कठायतले ३९ मिनेट २१ सेकेण्डमा दौड पुरा गरेका थिए । कठायत पनि नेपाली सेनाको ज्वाला दल गणमा कार्यरत छन् । त्यसैगरि सुर्खेत चिसापानी–५ कि १९ बर्षिय बिमला राना मगर द्धितिय भएकि छन् । रानाले ४८ मिनेट ५२ सेकेण्डमा उक्त दुरि पार गरेकि थिईन । राना नेपाली सेनाको ज्वाला दल गणमा कार्यरत छिन् । त्यसैगरि बारेकोट गाउँपालिका–८ सक्लाकि १४ बर्षिय सुस्मिता रावल तृतिय भएकि छन् । रावलले ४९ मिनेट ४ सेकेण्डमा दौड पुरा गरेकि थिईन । रावल विद्यालय अध्ययनरत छात्रा हुन् । प्रथम मेयर म्याराथुन दौड प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष खेलाडीलाई २०–२० हजार नगद पुरस्कार, प्रमाण पत्र दिनुको साथै खादा र अविर लगाएर सम्मान गरिएको थियो । द्धितिय हुने महिला तथा पुरुष खेलाडीलाई १५–१५ हजार नगद पुरस्कार, प्रमाण पत्रका साथै खादा र अविर लगाएर सम्मान गरिएको थियो । त्यसैगरि तृतिय हुने महिला तथा पुरुष खेलाडीलाई १०–१० हजार नगद पुरस्कार, प्रमाण पत्रका साथै खादा र अविर लगाएर सम्मान गरिएको थियो ।

प्रतियोगितामा भाग लिने सबै खेलाडीहरुलाई प्रमाण पत्र दिनुका साथै खादा र अविर लगाएर सम्मान गरिएको थियो । महिला तर्फ १८ जना खेलाडीले भाग लिएका थिए भने, पुरुष तर्फ ८७ जना खेलाडी गरि जम्मा १ सय ५ जना खेलाडीले प्रतियोगितामा भाग लिएका थिए ।

नेपाल सरकारको “समृद्ध नेपाल–सुखी नेपाली” राष्ट्रिय अभियानलाई पुरा गर्न नगरपालिकाले खुल्ला पुरुष तथा महिला प्रथम मेयर म्याराथुन दौड प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । नागरिक स्वस्थ नभए “समृद्ध नेपाल–सुखी नेपाली” नहुने भन्दै नगर प्रमुख घर्तीले “सुखी नेपाली–समृद्ध नेपाल अभियानका लागि पहिले नागरीक स्वस्थ हुनु पर्नेमा जोड दिए । अन्तर्रा्ष्ट्रिय भुमीमा पुगेर नेपालको झण्डा फहराउने खेलाडीहरु राष्ट्रको गहना भएको बताउदै नगर प्रमुख घर्तीले खेलाडीहरु प्रवद्र्धन गर्न र स्वस्थ नागरिक बनाउनलाई आयोजना गरिएका बताए । सम्पन्न खेलको समापन गर्दै नगर प्रमुख घर्तीले खेल जाजरकोट जिल्लामा एकदम एैतिहासिक सञ्चालन गरेको दौड प्रतियोगिताले कोशेढुङ्गा सावित भएको बताए । खेल क्षेत्र स्वास्थ्यको लागि अति आवश्यक भएकोले नगरपालिकाले बिभिन्न खेल क्षेत्रमा लागि रहेको बताए । हामि नगपालिका भित्र रहेका युवाहरुको खेलकुद क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेका छौं प्रमुख घर्तीले बताए । आगामि दिनमा नगरपालिकाको आयोजनामा खेल क्षेत्रमा बिषेश बजेटको ब्यवस्थापन गरि कार्यान्वयन गर्ने बताए ।

यस्तै खुल्ला पुरुष तथा महिला प्रथम मेयर म्याराथुन दौड प्रतियोगितामा आफ्नो धारणा राख्दै कर्णाली प्रदेश सांसद गणेश प्रसाद सिंहले फिल्मी ईस्टाईलमा प्रतियोगिता सम्पन्न भएको बताए । प्रतियोगिताले खेलाडीहरुलाई मनोरञ्जन दिने काम मात्र गरेको नभई स्वास्थ्यलाई स्वस्थ बनाउन महत्वपूर्ण भुमिका खेलेको सांसद सिंहले बताए । आगामी दिनमा नगरपालिकाद्धारा आयोजना गरिने दोस्रो मेयर म्याराथुन दौड प्रतियोगितामा स्थानीय खेलाडीहरुलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्दै सांसद सिंहले प्रतियोगितामा भाग लिने सबै खेलाडीहरुलाई हार्दिक धन्यवाद दिएका थिए ।

को हुन दुर्गराज वुढा ?
प्रथम मेयर म्याराथुन दौड प्रतियोगिता २०७६ मा प्रथम हुने दुर्गराज बुढाको घर पश्चिम रुकुमको मुसीकोट नगरपालिका–५ साँखमा पर्दछ । बिगत ६ बर्ष पहिला देखि निरन्तर रुपमा ट्रेल रङिंग प्रतियोगितामा भाग लिदै आएका बुढाले सन् २०१२ मा जिरी देखि सगरमाथाको अन्तिम बेस क्याम्पसम्मको ट्रेल रङिंग गरेर धाबक बन्ने प्रयास गरेका थिए । २९ बर्षिय दुर्गराज वुढाले २०७४ फागुन ७ गते ताप्लुजुङ्गको ओलाङच्योङ्गगोला देखि पाथीभरा मन्दिरसम्म भएको ट्रेल रङिंग प्रतियोगितामा भाग लिएका थिए ।

२०७५ को कातिकमा भएको माछापुच्छे, अन्नपूर्ण बेस क्याम्पको घान्दुङ्र्ग हुदै धम्पुसम्मको सय किलो मिटर अन्तराष्ट्रिय ट्रेल रङिंग प्रतियोगितामा धावक वुढा दोश्रो भएका थिए भने, सार्क राष्ट्रिय ट्रेल रङिंग प्रतियोगितामा आफु प्रथम भएको वुढाले जानकारी दिए । दैनिक आफुले ट्रेल रङिंग गर्दा १ सय २० किलो मिटरको दुरी पार गर्ने धाबक वुढाले दावी गर्दै आएका छन् । ट्रेल रङिंग सहासिक पर्यटनको सस्तो विद्यामा पर्ने गर्दछ । अन्य सहासिक पर्यटन भन्दा ट्रेल रङिंग कम पैसामा पुरा गर्न सकिने धाबक वुढाले जानकारी दिए । ट्रेल रङिंगबाट ग्रामिण पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्न सकिने वुढाको दावी रहेको छ ।

म्याराथुन दौड प्रतियोगिता भण्डारी सम्मानित
प्रथम मेयर म्याराथुन प्रतियोगितामा टफिक कार्यालय जाजरकोटका कार्यालय प्रमुख आनशिक भण्डारी सम्मानित भएका छन । मंगलवार भेरी नगरपालिकाले आयोजना गरिएको प्रथम मेयर म्याराथुन प्रतियोगितामा प्रमुख भडारीलाई उत्कृष्ट काममा योग्दान गरेको भन्दै नगरपालिकाले सम्मान गरेको थियो । आयोजित कार्यक्रममा नगर प्रमुख चन्द्र प्रकाश घर्तीले भण्डारीलाई खादा अभिर लगाएर सम्मान गरेका थिए । भण्डारीलाई ५ हजार सहित कदर प्रत्र सहित सम्मानीत भएका थिए । भण्डारी लामो समय देखि जिल्ला टफिक कार्यालय जाजरकोटमा कार्यालय प्रमुखको रुपमा काम गर्दै आएका छन । भण्डारी जाजरकोट आए पछी जिल्लामा भयानक सवारी दुर्घटनाहरु घटदै गएको नागरीकहरुको भनाइ छ । दिनरात सडकमा मात्र ब्यस्त देखिने भण्डारी यातायात क्षेत्रमा रहेका बिकृतिहरु अन्त्यको लागि नियमित काम गर्दै आएको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीको भनाई छ।

प्रतिक्रिया दिनुहोस